News Portal

किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिलमा हुने

हिमालीसंचार संवाददाता
३८२ पटक

कुवेत – किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिल २०२४ मा हुने भएको छ । कुवेतको नेपाली समाजमा ‘भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान’ भन्ने मुल नाराका साथ १४ मार्च २०१४ मा स्थापना भएको किरात राई यायोक्खा कुवेतले १०औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को अवसरमा नेपाल बाट अतिथि कलाकार ल्याई “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी २०२४ अप्रिल १२ तारिख शुक्रबारको दिन गर्न लागिएको महासचिव रोशन राईले जानकारी दिएका छन।

नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने महासचिव राईले बताए। कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुती रहनेछ। कुवेतको नेपाली समाजमा स्थापना भएका जातीय सस्था मध्य किरात राई यायोक्खा पनि हरेक गतिविधिमा सकृय छ।

सस्थाले कुवेतमा मात्र नभई मातृभूमिमा समेत उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरु “प्रथम यायोक्खा सांगीतिक धमाका” कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत किरात राई यायोक्खा कुवेतले अनुरोध गरेको छ।

साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ । कार्यक्रम हुने मिति , स्थान र समय निम्न रहेको छ । मिति – १२ अप्रिल २०२४, शुक्रवार ।
स्थान – तय नभएको ।
समय- तय नभएको ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...