News Portal

हत्या अभियोग स्वीकार गराउन प्रहरीले दियो चरम यातना

४६७ पटक

श्रवण देव
सप्तरी : प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन चरम यातना दिएको अर्को घटना बाहिर आएको छ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरबाही गर्नुका साथै निर्देषलाई यातना दिएको घटनामा प्रहरी आलोचित भइरहेको छ ।

सप्तरीमा पनि हत्याको एउटा घटनामा संलग्न भएको अभियोगमा युवकलाई पक्राउ गरेको कुटेको पीडित परिवारको दाबी छ । रिहा भए लगतै युवकलाई अस्पताल भर्ना गरिएको छ ।

राजविराजमा १ कात्तिकमा मारिएकी आशा देवको हत्या गरेको कबुल गराउन प्रहरीले राजविराज ६ का युवक बिक्की मेहतरलाई निर्घात कुटपिट गरेको परिवारको दाबी छ ।

अनुसन्धान गर्न भन्दै २५ बर्षिया मेहतरलाई गत बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो । बयानका क्रममा आफू नगरपालिकाको सरसफाई कर्मचारी भएको र हत्यामा संलग्न नभएको बताएपनि प्रहरीले कुटपिट गरेर स्वीकार गर्न बाध्य पारेको बिक्कीले बताएका छन् ।

‘हत्यामा संलग्न छैन भन्दा पनि मानेनन् । प्रहरीले झण्डै ज्यानै जाने गरी कुटपिट गर्‍यो’ बिक्कीले भनेका छन् । प्रहरीले कुटपिट गरेको निलडाम अझै उनको शरीरमा छ । पाइपले कुट्यो, मुख र नाकमा पानी हाल्यो मृतक आशा देवको घर जिल्ला प्रहरी कार्यालयको छेउमै छ । बिक्की देवकी छिमेकी हुन् । बिक्कीसँगै प्रहरीलेसुरज मेहतर र शंकर मेहतरलाई पनि पनि नियन्त्रणमा लिएको थियो ।

बिक्कीलाई प्रहरीले शुक्रबार छोड्ने तयारी गरेको थियो । यसका लागि उनकी पत्नी चन्दादेवीलाई बोलाएर जिम्मा लगाएको कागजमा सही छाप गराएको थियो । तर, शुक्रबार हिँड्न नसकेपछि शनिबार मात्रै छाडिएको छ । ‘शुक्रबार हिंडन नसकेकै कारण घर पठाइएन’ उनले भने । सुरुमा आशालाई तिमीले नै मारेको होइन ? भन्दै सई मोती रामले प्रश्न गरे’ बिक्की भन्छन्, ‘मैले अस्वीकार गर्दा पनि पटक-पटक यही प्रश्न सोधियो र प्लाष्टिकको पाइपबाट हिर्काए ।’ त्यसपछि हात र खुट्टा बाँधपाँच मिनेटसम्म मुखमा पानी हालिराखे’ उनले भने, ‘सास नै रोकिएपछि बल्ल छाडे ।’

अहिले उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । स्थानीयहरु आक्रोशित निर्दोष युवकलाई पक्राउ गरी प्रहरीले यातना दिएको भन्दै मेहतरको पुरै वस्ती आक्रोशित बनेको छ ।

उनीहरुले दोषी प्रहरीमाथि कार्वाहीको माग गरेका छन् । शनिबार गाउँमा भेला भएका मेहतर जातिका अगुवाहरुले हत्यारा पक्राउ गर्ने नाममा निर्दाेषलाई नियन्त्रणमा लिई यातना दिनुले कमजोरलाई हेप्ने प्रबृत्ति भएको बताए । ‘राजविराज नगरपालिकामा सरसफाईको काम गर्दै आएका बिक्कीलाई हत्याको आरोपमा पक्राउ गरेर यातना दिनु ठीक भएन’ मेहतर जातिका अगुवा मनोज मेहतरले भने, ‘यदि उ हत्यारा हो भने सजाय दिलाउन आफूहरु पनि सहयोग गर्नेछु तर, बिक्की नै हत्यारा हो भने उसलाई किन कुटपिट गरी छाडियो त ?’

उनले बिना कारण कुटपिट गर्नै प्रहरीलाई कारबाही नगरिए आफूहरु आन्दोलनमा उत्रने बताए । सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले यातना दिएको बारे आफूलाई जानकारी नभएको बताएका छन् । उनले यसबारेमा बुझ्ने बताए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...