आज : २०२६-०७-२८, मङ्गलबार

अनु शाहसहित काठमाण्डौं महानगरपालिकाकी उपमेयर डंगोललाई नवरत्न पुरस्कार

काठमाण्डौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ।

नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा योगदान पुर्याएका नौ महिलालाई नगद दुई सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिको निर्णयअनुसार अनु शाह, आचार्य प्रभा, ज्योति राई, मञ्जु कार्की संग्रौला, दमाया गुरुङ, रीतादेवी प्रधान, शान्ता घिमिरे, डा. संगीता स्वेच्छा र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललाई सो पुरस्कारबाट पुरस्कृत गरिने छ।