News Portal

नेपाल कुवेत साँस्कृतिक मञ्चकाे तीज विशेष सांगीतिक धमाकाकाे तयारी पूरा

हिमालीसंचार संवाददाता
४५९ पटक

कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा हिन्दू नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ।

सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ को आयोजन गरेको छ।

नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमको लागि अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त सुन्दरी गायिका चर्चित लोक दोहोरी गायिका उद्घोषिका “मञ्जु पौडेल” नेपाल कुवेत साँस्कृतिक मन्च कुबेतले आयोजना गरेको २२ औ तीज विशेष सांगीतिक धमाका सांस्कृतिक कार्यक्रमको लागि भोली बुधबार सेप्टेम्बर ६ तारिक बिहान ठीक ६ बजे कुवेत आइपुग्ने मन्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन्।

अतिथि कलाकारलाई स्वागतको लागि कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई भोली ६ सेप्टेम्बर बुधबार बिहान्  ५.१० प्लेन अवतरण हुने  कलाकारलाई  स्वागतको लागि ठीक ६ बजे कुबेतको अन्तराष्ट्रिय बिमानस्थलमा आइदिन हुनको लागि मन्चका अध्यक्ष गोबिन्द बरालले अनुरोध गरेका छन्।
नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगितिक मनोरन्जन भरपूर्ण रुपमा प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्च प्रतिबद्धता रहेको आयोजकले जानकारी दिएका छन्।

चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलकाे साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ।

कुवेतबासीको साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ण, सांगितिक मनोरन्जन् तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा
पुरानाे कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल
कुवेत साँस्कृतिक मञ्च तयार रहेकाे बताए।

कुवेत-नेपाल कुवेत सस्कृतिक मञ्चको २२ औं प्रस्तुती हरितालिका तीजकाे लागि कार्यक्रम गर्ने हलकाे समस्या भएर कार्यक्रम गर्ने मिति परिवर्तन गर्नपर्ने भएकाेले दर्शक सामु क्षमा माग्दै उक्त दिन कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूलाई उपस्थित भईदिनुहुन समेत आयाेजकले आग्रह गरेका छन्।

कार्यक्रम हुने:-

मिति : ८ सेप्टेम्बर २०२३
समय : १ बजे
स्थान : Aspire Indian International School, Jileeb

 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...