News Portal

नेपाली जनसम्पर्क समिति कुवेतले मनायो १२ औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती

हिमालीसंचार संवाददाता
२५६ पटक

कुवेत – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती मनाएको छ । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यतामा १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती मनाईएको हो।

कुवेतको नेपाली समाजमा हुने हरेक कार्यक्रममा प्रमुख आतिथ्यताका लागि उपस्थित हुने नेपाली दूतावास कुवेतले सो कार्यक्रममा भने उपस्थिति जनाएन । समितिका महामन्त्री केशर घलानले संचालन रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल, प्रवासी नेपाली एकता मन्च कुवेतका महासचिब शङ्खर पौडेल, जन प्रगतिशिल मन्च कुवेतका महासचिब राजु धिमाल , प्रवासी नेपाली एकता मन्च प्रवास समन्वय कमिटि कुवेतका अध्यक्ष युवराज गैरे, कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार , कलाकारको आतिथ्यता रहेको थियो ।

दिप प्रज्वलन , केक काटेर तथा स्वर्गीय वीपी कोईरालाको फोटोमा माल्यार्पण गरि शुरु गरिएको कार्यक्रममा संस्थाका सह-महामन्त्री कान्ती प्रसाद अधिकारीले स्वागत मन्तव्य मार्फत सम्पूर्णलाई स्वागत गरिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा वीपी कोइरालाको योगदानको बारेमा चर्चा गरिएको थियो । वीपीको त्याग र समर्पणबाट स्थापित प्रजातान्त्रिक समाजवाद नेपालीको लागि उत्तीकै महत्वपूर्ण रहेको स्मरण गरिएको थियो । राजनीतिक दलका विभिन्न प्रवासी भातृ सङ्गठनका वक्ताहरुले शुभकामना मन्तव्य दिने क्रममा राजदूतावास कुवेतले भातृ सङ्गठनको कार्यक्रमलाई उपेक्षा गरेको भन्दै दुख ब्यक्त गरेका थिए।

त्यसैगरी नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्लले शुभकामना मन्तव्यका क्रममा राजनीतिक दलका प्रवासी भातृ सङ्गठनले वार्षिकोत्सव, अधिवेशन तथा जन्मजयन्ती मनाउन मात्र सकृय नभई कुवेतमा रहेका हरेक संघ सस्था संघ हातेमालो गरेर नेपाली श्रमिकका लागि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्न र सामाजिक संजालमा नेपालको राजनीति विषयबस्तुलाई मात्र रङ्ग्याउन ध्यान नदिई कुवेतको नेपाली समाजको विकृति विसङ्गति विरुध्द पनि आवाज उठाउन आग्रह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामाले शुभकामना मन्तव्य दिदै, हरेक नेपालीको राजनीतिमा चेतना हुन आवश्यक छ । हजारौको बलिदानबाट लोकतन्त्र र गणतन्त्र आएको हो । सबै राजनैतिक दल मिलेर अगाडी बढेमा देशमा परिवर्तन र बिकास गर्न सम्भव हुन्छ । गैर आवासीय नेपाली संघ विशुध्द गैर राजनीतिक सस्था भएता पनि काङ्ग्रेसमा आस्थावान् रहेको बताए । त्यसैगरी नेपाली दूतावासले कार्यक्रममा उपस्थिति नजनाउनु नेपालीको समस्या सुन्न पछाडी बस्ने नीति लिएको प्रति बिरोध जनाए।

कुवेतमा अहिले नेपाली श्रमिकले राहदानी नविकरण गर्न निकै समस्या भोग्नु परेको छ । राहदानी नविकरणको समस्या छिट्टै समाधान गर्न पहल भईरहेको लामाले बताए । कार्यक्रममा गैर आवासीय नेपाली संघ एनसीसी र आइसीसीका बिभिन्न पदमा निर्वाचित कार्यसमिति सदस्य तथा पदाधिकारीहरुलाई सम्मान गरेको थियो l पत्रकार चन्द्र गोतामे, हरी बहादुर बानिया र बिजय धामीलाई सम्मान गरेको थियो । त्यसैगरी कलाकार रोशन राई सुबिन दुमी , रबिना तुलाधर, समितिका महामन्त्री केशर घलान र सह-महामन्त्री कान्ती प्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

सस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष चिज बहादुर गुरुङ्ले प्रस्तुत गरेका थिए भने साङ्गठनिक प्रतिबेदन महामन्त्री इन्द्र पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापति राजेन्द्र रसाईली बिरहीले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती भब्यरुपमा सफल भएको बताउदै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पुर्याउनुहुने सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...