News Portal

हङकङमा समुद्री आँधी जनजीवन अस्तव्यस्त

हिमालीसंचार संवाददाता
१९६ पटक

हङकङ – हङकङ अब्जर्भेटरीले शुक्रवार साँझ ८.१५ बजे समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 जारी गरेको छ। समुद्री आँधीका कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ। सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। आँधीबेहरीका कारण शैक्षिक ब्यूरोले दिनभर विद्यालयहरु स्थगित गरेको छ।

सरकारले आपतकालीन हटलाइन (2572 8427) सक्रिय गरेको छ। त्यस्तै २९ वटा अस्थायी आश्रयस्थल (सेल्टर) सञ्चालन गरेको छ। साँझ ६ बजेसम्म ३३१ जना आश्रयस्थलमा पुगेका छन्। २९ वटा रुख ढलेका छन् भने ३ जना घाइते भएका छन्।

मानिसहरु घरभित्र या सुरक्षित स्थानमा रहेकाले त्यति ठूला मानवीय क्षति भएको छैन। समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 को समयमा ११८ किलोमिटर प्रति घण्टा वा सो भन्दा बढी औसत गतिमा हावाहूरी चल्ने अनुमान गरिएको छ। अब्जर्भेटरीले बाहिर नजान, आश्रयको लागि सुरक्षित स्थान रहन सर्वसाधारणलाई सुुझाब दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...