News Portal

कला ढकालका तीन मुक्तकहरु

हिमालीसंचार संवाददाता
४५७ पटक

मुक्तक – १
कसैलाई सम्झिनु पर्यो कसैलाई विर्सनु पर्यो
जीन्दगीभर एक पागल भएर तड्पिनु पर्यो
समाजमा जातीय विभेद भएकै कारणले
आज चोखो माया गर्नेहरुले छुट्टिनु पर्यो ।।

मुक्तक – २
खै कति जिउँनु दुखेको मन सम्झिएर यहाँ
घाइते मनलाई बेला-बेला चोट दिएर यहाँ
भोग्दै आए बिगत देखि वर्तमान सम्म
रोएर पनि न सकिने आँसु पिएर यहाँ ।।

मुक्तक – ३
घरीघरी कठिन परिस्थिति नै आए जस्तै
दुस्मनले चारतिरबाट मलाई नै सताए जस्तै
आफ्नै जीन्दगी चितामा जलेको भान भएछ
लाग्छ कसैले जिउँदै आगो लगाए जस्तै ।।।

~ कला ढकाल
दमक, झापा।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...