News Portal

आमाले खुवाएको विषले एक छोराको मृत्यु, अर्का छोराको अवस्था गम्भीर !

हिमाली संचार संवाददाता
६१३ पटक

दुल्लु : दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।आमाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ ।

कल्पनाका श्रीमान् सुजन नेपालीले दिनहुँजसो श्रीमतीलाई मदिरासेवन गरी कुटपिट गर्ने हुँदा कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विषसेवन गराएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शनिबार कल्पना र उनका श्रीमान् सुजन नेपालीको सामान्य झगडा परेको र श्रीमान् घरबाट बाहिर निस्किएपछि घटना घटेको प्रहरीले जनाएको छ । घटना आज दिउँसो २ बजेतिर भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरुले उडुस मार्ने विषादी प्रयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...