News Portal

पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ सार्वजनिक

हिमालीसंचार संवाददाता
३४० पटक

भदौ १२, काठमाडौं – मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ आज काठमाडौंमा सार्वजनिक भएको छ ।

बाग्लुङमा जन्मिएर राष्ट्रिय जीवनमा दीर्घकालीन महत्त्वका खोज र अनुसन्धान गरे पनि उचित प्रचारप्रसारको कमीले ओझेलमा परेका आचार्यको कृति ओझेलमा परेका थिए। आचार्यको गत भदौ १ गते काठमाडौंमा निधन भएको थियो ।  उक्त स्मृति ग्रन्थमा ५२ जना  आचार्यका समकालीन, सहकर्मी, पत्रकार, साथीभाई, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना अनुभव अनुभूतिहरू र संस्मरणात्मक  लेखहरु लेखेका छन् । यो ग्रन्थले आचार्यको योगदानको विस्तारमा थप प्रकाश पार्ने काम गरेको छ ।

बागलुङमा जन्मे-हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, वचनले नरम, व्यवहारले समाजसेवी, पेसाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर रहेको ग्रन्थले छर्लङ्ग पारेको छ ।

पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी-लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली- “देवदह” प्रतिको खोज र सार्वजनिकीकरण यस ग्रन्थमा  स्पस्ट गरिएको छ ।

आजीवन “सादा जीवन, उच्च विचार” दर्शनवाट प्रेरित आचार्यका आत्म- संस्करणात्मक  पुस्तक  “झझल्काहरु” यसअघि प्रकाशित भएको थियो  । दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...