News Portal

पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ सार्वजनिक

हिमालीसंचार संवाददाता
२९५ पटक

भदौ १२, काठमाडौं – मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ आज काठमाडौंमा सार्वजनिक भएको छ ।

बाग्लुङमा जन्मिएर राष्ट्रिय जीवनमा दीर्घकालीन महत्त्वका खोज र अनुसन्धान गरे पनि उचित प्रचारप्रसारको कमीले ओझेलमा परेका आचार्यको कृति ओझेलमा परेका थिए। आचार्यको गत भदौ १ गते काठमाडौंमा निधन भएको थियो ।  उक्त स्मृति ग्रन्थमा ५२ जना  आचार्यका समकालीन, सहकर्मी, पत्रकार, साथीभाई, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना अनुभव अनुभूतिहरू र संस्मरणात्मक  लेखहरु लेखेका छन् । यो ग्रन्थले आचार्यको योगदानको विस्तारमा थप प्रकाश पार्ने काम गरेको छ ।

बागलुङमा जन्मे-हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, वचनले नरम, व्यवहारले समाजसेवी, पेसाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर रहेको ग्रन्थले छर्लङ्ग पारेको छ ।

पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी-लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली- “देवदह” प्रतिको खोज र सार्वजनिकीकरण यस ग्रन्थमा  स्पस्ट गरिएको छ ।

आजीवन “सादा जीवन, उच्च विचार” दर्शनवाट प्रेरित आचार्यका आत्म- संस्करणात्मक  पुस्तक  “झझल्काहरु” यसअघि प्रकाशित भएको थियो  । दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...