News Portal

मोरङको रंगेलीमा श्रावण महोत्सव तथा बोलबम शोभा-यात्रा सम्पन्न

हिमालीसंचार संवाददाता
३१६ पटक

भदौ ११, सोमबार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजार क्षेत्रमा रहेको वीर भद्रेश्वार महादेव मन्दिर तथा  पञ्चेश्वर महादेव मन्दिर बिगत बर्षहरुमा झै यस बर्षपनि श्रावण महिनाको अन्तिम  सोम्बार  रतुवामाई नगरपालिका स्थित नुना बक्राहा खोलाबाट पवित्र जल लिएर १० किलोमिटर  टाढा रहेको रंगेली स्थित शिवालयमा भक्त जनहरुले यस बर्ष पनि प्रत्येक सोमबारका दिन  जलार्पण गर्ने कार्यलाई उत्साह पुर्वक सम्पन्न गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिले ७२ घण्टाको भजन कृतन गर्नुका साथै प्रत्येक सोम्बारका दिन मन्दिर प्रांगणमा भजन कृतन गरेर टाढाटाढाबाट आएका भक्तजनहरुलाई मनोरञ्जन गराएका थिए ।  

यस बर्ष पुर्सोतम मास परेको हुनाले बिगतको बर्षमा भन्दा जल अर्पण गर्ने भक्तजनहरु कमी भएता पनि भाद्रा महिनाको पहिलो सोम्बार भने जल चडाउने भक्तजनहरुको उल्लेख्य सहभागीता समेत रहेको थियो । 

लोहि क्रममा नुना बक्राह खोलादेखि काटुन तथा माटोबाट शिवलिङ्ग र विभिन्न भेष-भुसामा महादेवको वहान स्वरूप झाकी समेत बनाएर ल्याईएको थियो । 

लामोदुपीको पैदल यात्रामा भक्तजनहरुलाई सहज हासो भन्ने उदेश्यका साथ रंगेलीमा रहेको मिनिल्यान्ड बोर्डिङ स्कुल, बोलबम समिति तथा अन्या संस्थाहरुले सर्वत पानीको व्यवस्था गर्नुका साथै फलफूलको समेतब्यवस्थापन समेत गरेका थिए ।  

मन्दिर परिसरमा स्वयंसेवक समेत परिचालन गर्नुका साथै  नेपाल  प्रहरी    ट्राफिक प्रहरी भक्तजनहरुको सुरक्षाको व्यवस्थापनमा जुटेको  बोलबम समितिले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...