News Portal

मोरङको रंगेली स्थित श्री पञ्चेश्वर मन्दिरमा ७२ घण्टे अष्टजाम हरी कीर्तन शुरु

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३३७ पटक

भाद्र-६ बुधबार/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित श्री पञ्चेश्वर नाथ महादेव मन्दिरमा ७२ घण्टे  हरे राम! हरे हरे कृष्ण!! अष्टजाम भजन कीर्तन बुधबारदेखि शुरु भएको छ । 

मन्दिर स्थापन कालदेखि नै शुरु भएको कीर्तन हरेक वर्षको श्रावण महिनामा पुजापाठ गरिदै आएता पनि यस बर्ष पुर्षोतम मास एक महिना भएको हुनाले उक्त भजन कीर्तन नभपछि पुर्षोतम मास सम्पन्न भएपछि भाद्र महिनामा उक्त अष्टजाम पुजा शुरु गरिएको मन्दिर समितिले जनाएको छ ।   

सोही क्रममा भाद्र महिनामा समेत सोमबार रंगेलीदेखि १० किलोमिटर पुर्वमा रहेको नुना बक्राखोलाको जल ल्याई उक्त जल रंगेली स्थित बिरभद्रेश्वर महादेव मन्दिर र पञ्चेश्वर नाथ मन्दिरमा जलअर्पण गर्ने सबै भक्तजनहरुमा समितिले विशेष आग्रह समेत गरिएको छ । 

अहिले हरे राम! हरेकृष्ण!! हरिकीर्तन दक्षिण पूर्वी  भेगमा रहेका भजन मण्डलीहरुद्वारा हरेराम! हरेकृष्ण!! प्रवचन भई रहेको छ। उक्त कीर्तन रंगेली, आमगाछी, टकुवा, गोविन्दपुर, डायनिया, दर्वेशा, सोराभाग, ववियाविर्ता, रंगेली लगायतका भक्त जनहरुको सहभागिता रहने गरेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...