News Portal

अपराध रोकथाममा स्थानीय तह र प्रहरीबीच हात्तेमालो गर्ने प्रतिबद्धता

हिमाली संचार संवाददाता
४८४ पटक

रामभरोसी यादव  सिरहा – अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउन र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले सिरहाका स्थानीय तहसँग संस्थागत साझेदारी गरी अघि बढ्ने अभियान सुरु गरेको छ ।

त्यसका लागि सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठ र जिल्लाका १७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरुले समुदाय र प्रहरी साझेदारी समझदारी पत्रमा शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेर प्रतिवद्धता जनाएर अभियान सुरु गरेको हो ।

अपराधिक घटनाहरु बेरोजगारी, अशिक्षा, न्यून आयस्रोत, गरीबी, एकल–अभिभावक परिवार, लागू औषध दुव्र्यसन, मादक पदार्थ सेवन, बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती, बसाई–सराईका कारण अस्थिर जनसंख्यालगायतका सामाजिक कारणहरुस“ग पनि अन्तर सम्बन्धित हुने भएकाले प्रहरीको एकल प्रयासबाट मात्र असम्भव हुने भएकाले यो अभियान सुरु गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

‘अपराध रोकथाम तथा सामाजिक सुरक्षा सचेतना अभिवृद्धि गराउने कार्य प्रहरीको एकल प्रयासबाट मात्र प्रायः असम्भव हुन्छ’ समुदाय र प्रहरी साझेदारी अवधारणा तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा एसपी श्रेष्ठले भने, ‘यही तथ्यलाई मनन् गर्दै समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरुप सम्पूर्ण सरोकारवालाहरुको सामूहिक प्रयासबाट अपराध रोकथाम तथा सामुदायिक सुरक्षा सचेतना अभिवृद्धि गर्ने कार्य अगाडि बढाउने अभियान सुरु गरिएको हो ।’

अभियानलाई जिल्ला, नगर, गाउ“पालिका, वडा, विद्यालय र टोल टोलमा समिति गठन गरी अघि बढ्ने उनले जानकारी दिए । गठित समितिले सुरक्षा चेतना अभिवृद्धि गर्न आवश्यक क्षेत्र प्राथमिकीकरण गरि नगर, गाउ“ र टोल टोलमा साझा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गर्नेछन भने समुदायको सुरक्षामा स्थानीय सामूहिक सहभागिता बढाउन प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु गर्ने र सडक बत्ती, सुरक्षा गार्ड, सिसीटिभी लगायत  सुरक्षा साधनहरु जडान गरी प्रयोग गर्न प्रेरित गर्नेछन् ।

तराई मधेसको जिल्लामा मेला पर्व अधिक हुने भएकाले  मेला, पर्वमा सूचना तथा समन्वय केन्द्र सञ्चालन गर्न समितिले समन्वय गर्नेछ ।

कार्यक्रममा सामुदायिक सुरक्षा सचेतना अपराध रोकथामको सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले अपराध रोकथाम, न्यूनिकरण र समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागी समुदाय–प्रहरी साझेदारीको माध्यमबाट  विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी अभियानलाई अघि बढाउने सिरहाका स्थानीय तहका प्रतिनिधिले औंल्याए ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सुरक्षा विकासको पूर्वसर्त भएको र विकास सुरक्षित समाजको आधार भएकाले यही अन्तरसम्बन्धलाई मनन् गर्दै सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप स्थानीय तह र स्थानीय प्रहरी इकाईबीच प्रभावकारी समन्वय, सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रुपमा अगाडी बढाउन समुदाय–प्रहरी साझेदारी अभियान सफल हुने आशा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...