News Portal

  • शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा मुलुकका विभिन्न स्थानबाट सातजना पक्राउ

    हिमालीसंचार संवाददाता
    २५१ पटक

    काठमाडौँ – एमबीबीएस अध्ययनरत विधार्थीहरुले शैक्षिक प्रमाणपत्र नक्कली बनाएर अध्ययनरत गररिरहेका सातजना विधार्थीहरुलाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा ब्यूरोले सातजनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राती ब्यूरोले सार्वजनिक गरेको हो ।

    शैक्षिक प्रमाणपत्र नक्कली गरेको आरोपमा पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौँका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन् ।

    ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शैक्षिक योग्यतामा अंक वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको जानकारी दिए।

    प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी थप-अनुसन्धान गरिरहेको हो । पक्राउ परेका सातैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ब्यूरोले थप अनुसन्धान गरिरहेको प्रवक्ता थापाले बताए । रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...