News Portal

  • गायक पुर्ण लिम्बु र मिलन नेवारको संखुवासभा चिनाउने गीत सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५३३ पटक

    काठमाडौं – पूर्वको संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट थप प्रस्ट गर्ने उदेश्य सहित गायक पूर्ण लिम्बु र गायिका मिलन नेवारको युगल आवाजमा म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    संखुवासभा सोसाइटी बेलायतको लगानिमा निर्माण गरिएको म्युजिक भिडियो ‘हेर्दा राम्रो साह्रै राम्रो संखुवासभा’ बोलको उक्त म्युजिक भिडियो यहि शनिबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । पूर्वको सुन्दर नगरी संखुवासभा जिल्लाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढंगले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको गीतकार पुर्ण लिम्बुले जानकारी दिए ।

    यहि श्रावण २७ गते बेलायत र संखुवासभामा एकसाथ कार्यक्रमका आयोजना गरेर उक्त म्युजिक भिडियोलाई कोशी भिजन नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको समेत गीतकार तथा समाजसेवी लिम्बुले जानकारी दिए। यो गीत तयार गर्नलाई नै लामो समय लागेको र छायांकनका समयमा पनि निकै मेहनत गर्नु परेको उनको भनाइ छ । सार्वजनिक गीतमा सुनिएका आवाज र देखिएका कलाकारहरु स्थानीय  हुन्। 

    सार्वजनिक गीतका संगीतकार प्रेम कृष्ण बजगाई गरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । किङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा रेखा फागो र बादल श्रेष्ठलाई फिचर्ड गरिएको छ । यस्तै मनिषा वानेम र साजन राई पनि भिडियोमा फिचर्ड छन् भने अतिथि कलाकारको रुपमा दिनेश कोइरालालाई भिडियोमा प्रस्तुत गरिएको छ । 

    सुमन तामाङले निर्देशन तथा छायांकन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका हुन् । कोशी भिजन इटहरीमा पोस्ट प्रोडक्सन भएको भिडियोमा संखुवासभाको चैनपुरमा रहेको सिजल डान्स सेन्टरका कलाकारहरुले कोरस डान्स गरेका हुन्। 

    म्युजिक भिडियो यहा हेर्नुस्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...