News Portal

  • एनआरएनएको एकताको ढ्याङ्ग सधैंको लागि अन्त्य !

    कृष्ण केसी
    ३२४ पटक

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताको ११ औं महाधिवेशन गर्न महिनौं देखिको प्रयास थियो, धेरै दस्तावेज र बैठक भए, निर्णय भए तर आखिरमा आएर सधैंको लागि एकता नहुने गरि अन्त्य भएको छ। अहिलेको समयमा एकता नहुनु भनेको एकदम खुशीको कुरा हो।

    अमेरिकी संस्कृतिमा मैले सिकेको कुरा भनेको, वार्ता र मिलान भन्ने शब्दै नै हुँदैन। कि त बैधानिक रुपमा टुङ्ग्याउने कि लडेर हराउने हुन्छ। ठुला ठुला कर्पोरेटहरु एउटाले किन्छ र बेच्छन त्यसमा कुनै समस्या हुँदैन किनकी त्यो बैधानिक रुपमा गएको हुन्छ। तर रसियन माफियाहरुले स्वार्थको लागि कन्ट्रोलमा लिएको यो एनआरएनएको एकता कुनै पनि कारणले संभव थिएन र छैन। अहिले त्यो प्रमाणित भएको अवस्था हो र एकता भविष्यमा पनि संभव छैन किनकी अब विकल्प छ र रसियन समूह बिस्तारै विस्थापित हुँदै जान्छ। उसै पनि केहि कानुनी कुरा आउन त बाँकी नै छ।

    यी हुन् प्रमुख कारण र अवस्थाहरु:-

    १) गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन एकताको रुपमा गर्न कार्यदल नै बनाएर दुवै पक्षमा थुप्रै संवाद भए। तर डा. बद्रि केसी नेतृत्वको समूह कुनै पनि देशमा एकताको राष्ट्रिय महाधिवेशन गर्न मानेन। एउटा पनि देशमा एकताको महाधिवेशन भएको छैन।

    २) एकताको लागि दुवै पक्षको संयुक्त बैठकले गरेका ७ वटा निर्णयहरु मध्ये डा. केसी समूहले एउटा पनि कार्यान्वयन गरेन।

    ३) दुवै पक्षले नेपाल सरकारका प्रधानमन्त्री समक्ष गरेको हस्ताक्षरलाई त डा. केसी नेतृत्वले लगौटी नै लगायो। नेपाल सरकारका प्रधानमन्त्रीकै अपमान गर्यो।

    ४) अब कुनै पनि देशमा राष्ट्रिय स्तरमा एकताको महाधिवेशन भएन भने अन्तराष्ट्रिय स्तरमा एकताको महाधिवेशन हुने कुनै गुन्जायस र कारण पनि छैन। बिउ नभई रोपाईं कसरी हुन्छ ? कसैले संभव छ भन्छ भने त्यो समय, कानुन, बिधि र परिस्थित नबुझ्ने दिवा स्वप्न मात्र हो।

    ५) रसियन माफियाहरुले कब्जा गरेको एनआरएनए सजिलै खुला हुने संभावना थिएन। त्यसैले विकल्पमा एनआरएनहरुको अर्को सँस्था गठन गरेर दर्ता समेत भएको थियो। परराष्ट्रले दर्ता स्वीकृत नदिएर रोकेर राखेको थियो। अब त्यो संस्थाले अदालतको आदेश पाएको छ, दर्ता प्रमाणपत्र पाउने भएको छ।

    ६) हिमालय होटलमा भएको अर्को पक्षको एनआरएनए समूह अबैध हो भनेर नेपालको सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। त्यसको पहिलो सुनुवाई पनि भएको छ। अदालतले ३/३ अध्यक्ष र बिधान बिपरित पदाधिकारी कसरी भए, चालु बिधान अनुसार भए-नभएको के हो, त्यसको बिस्तृत कागजात परराष्ट्रसँग मगाएको छ। २०२२ मार्चमा गरिएको १० औं महाधिवेशनमा बिधानत ३/३ अध्यक्ष जास्ता कुरा छैनन। अब अन्तिम फैसला बाँकी छ। कुरा त बच्चाले पनि सजिलै जिकिर गर्न सक्ने हो, बाँकी कुरा त फैसला हुने समयसम्म कुर्नुपर्छ।

    ७) बिनोद कुँवरको नेतृत्वको बैधानिक एनआरएनएले आफ्नो राष्ट्रिय र अन्तराष्ट्रिय महाधिवेशनको तिथि-मिति तोकेको छ। अव द्रुत गतिमा अगाडी जाने योजना आएको छ।

    ८) जर्मनी, बेल्जियम, बेलायत, दक्षिण कोरिया, जापान, हङ्गकङ्ग, मकाउ, थाइल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्ड र कतारमा तदर्थ समिति गठन हुने र महाधिवेशन हुने तयारी छ।

    ९) साउदीमा महाधिवेशन सम्पन्न भयो र नयाँ नेतृत्व चयन भएको छ।

    १०) स्पेन, अमेरिका, क्यानाडा, कुवेत, चिलीमा सदस्ता खुला छ र राष्ट्रिय महाधिवेशन हुने तयारी छ।

    ११) बाँकी केहि देशमा तयारी हुँदैछन।

    १२) रसियन माफीयहरुले भेरोको चुनावी आतंक मच्चाएको र अन्य कारणहरुले दबाएको शक्ति खहरे खोला जस्तो भएर यता आएको छ। त्यसलाई बग्ने ठाउँ चाहिएको छ। अहिले त थामी नसक्नु गरेर आएको छ।

    त्यसैले एनआरएनएमा एकताको ढ्याङ्ग सधैंको लागि अन्त्य भएको छ। अब चुस्त र दुरुस्त रुपमा संघ अगाडी जान्छ। रसियन गुट बिस्तारै विस्थापित हुँदै सुकेर जानेछ। फेसबुके एकताका गफाडीहरुको चरित्र नाङ्गो भएको अवस्था छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...