News Portal

चितवन सेवा समाज कुवेतले ८ डिसेम्बरमा सांगीतिक धमाका गर्ने

हिमालीसंचार संवाददाता
३६७ पटक

कुवेत– चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ०८ डिसेम्बर २०२३ मा हुने भएको छ ।

चितवन सेवा समाज कुवेतले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालदेखि चर्चित अतिथि कलाकार लिएर चारौँ चितवन सांगीतिक धमाका गर्न लागिएको अध्यक्ष जीवन कुमार बिकले जानकारी दिएका छन । नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने अध्यक्ष सुनारले बताए ।

कुवेत नगरीमा सन् २०१६ मा ‘अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन’ भन्ने मुल नारा साथ  स्थापना भएको सस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । सस्थाले पहिलो, दोश्रो र तेश्रो चितवन सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यताका सम्पन्न गरिसकेको छ । चौथो चितवन सांगीतिक धमाकामा कुवेतमा कार्यरत स्थानीय कलाकारको पनि बेजोड प्रस्तुती रहनेछ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सांगीतिक धमाकामा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ ।

कार्यक्रम हुने मिति , स्थान र समय
मिति- ०८ डिसेम्बर २०२३, शुक्रवार
स्थान- – तय नभएको
समय- तय नभएको

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...