News Portal

काभ्रेमा पूर्वएआईजी सवार गाडी दुर्घटना, २ को मृत्यु, ४ जना घाइते

हिमाली संचार संवाददाता
४०१ पटक

काठमाडौं – काभ्रेमा ६ जना सवार निजी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।

काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा पूर्वएआईजी किरण गौतम चढेको  बा३च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते ४ जनालार्इ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...