News Portal

हेटौंडामा २५ मिटर सडक बिस्तार गर्ने योजना केही समयलाई रोकियो

युवराज राई
२८७ पटक

मकवानपुर-मकवानपुरमा लामो समयबाट विवादको केन्द्रको रुपमा रहेको हेटौंडा सडक विस्तार कार्य साउन २९ सम्म पुनः रोकिएको छ। सडक विस्तारको विषयमा सर्वोच्च अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९ गतेसम्मको लागि सारेपछि विस्तारको विषय श्रावण २९ सम्मको लागि बहसको विषय मात्र बनेको हो।

सर्वोच्चले आइतबारका लागि पेशी तोक्दै सडक विस्तारमा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । सर्वोच्चले गत साउन ८ मा जारी गरेको अल्पकालीन अन्तरिम आदेशले सडक विस्तार कार्य रोकिँदै आएको थियो ।

सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार आसपासको जमिनमा रहेका घरटहरा लगायतका संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गत साउन १५ गते सकिएको छ । डिभिजनले साउन १६ बाट बिस्तार अभियान सुरु गर्ने भन्दै ६० वटा डोजर सहितका सामग्री तयारी अवस्थामा रहेको जनाएको थियो ।

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...