News Portal

हिन्दु स्वयंसेवक संघ द्वारा सन्सारी मन्दिरमा सरसफाई

हिमाली संचार संवाददाता
४९८ पटक

रबिन्द्र बराल

माेरङ  – रंगेली नगरपालिका ७ मा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्री संन्सारीमाई मन्दिरमा शनिबार हिन्दु स्वयंसेवक संघ नेपालले सरसफाइ गरेका छन ।

नेपाली हरुकाे दाेस्राे चाड तिहार काे अवसर पारेर मन्दिर परिसरमा रहेको झार जङगल हरुकाे सरसफाइ गरेेेेकाेे राेशन कुर्मिले बताए ।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली ६ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । राणाकाल भन्दा अगाडि देखि साे स्थानमा मातादेवी काे वासस्थान रहेको बुडा पाका हरु बताउछन् ।

अहिले साे मन्दिरमा भक्तजन हरुकाे अास्था बडि रहेको हुनाले मन्दिरमा बृद्ध,बृद्धा देखि युवा हरु मन्दिरमा पुजा अर्चना गर्ने अाउन थालेका छन ।

उक्त मन्दिरमा अहिले दमक,बिर्तामोड , गाैरीगंञ्ज, ईनरुवा,दुहबी ,घरान, बिराटनगर ,बेलवारी,उर्लाबारी ,अमरदह, र भारतकाे कलकता हरियाना कुवाडि लगायतका स्थान हरुबाट भक्तजन हरु अाएर पुजा अर्चना गर्ने गर्देछन ।

मन्दिरमा निकै पुरानो रुख मुनि देविकाे बाँस रहेको पाईन्छ ।
साे मन्दिरमा भाकल गर्दाे कसैले बाेकाकाे बलि दिन्छन भने कसैले परेवा उडाउने गर्छन् त कसैले नरिबल काे पानी चडाएर अाफ्नाे भाकल पुरा गर्छन ।

साे मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार विशेष भक्तजन हरुकाे धुईचाेलाग्ने गरेको छ । उक्त मन्दिरमा भाकल गरेर बाेका काे बलिदिने गरेता पनि साे बाेकाकाे मासु त्यहीं पकाएर प्रसाद काे रुपमा खानुपर्ने र घर लैजान नहुने परम्परा रहेको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...