News Portal

हिन्दु स्वयंसेवक संघ द्वारा सन्सारी मन्दिरमा सरसफाई

हिमाली संचार संवाददाता
५२५ पटक

रबिन्द्र बराल

माेरङ  – रंगेली नगरपालिका ७ मा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्री संन्सारीमाई मन्दिरमा शनिबार हिन्दु स्वयंसेवक संघ नेपालले सरसफाइ गरेका छन ।

नेपाली हरुकाे दाेस्राे चाड तिहार काे अवसर पारेर मन्दिर परिसरमा रहेको झार जङगल हरुकाे सरसफाइ गरेेेेकाेे राेशन कुर्मिले बताए ।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली ६ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । राणाकाल भन्दा अगाडि देखि साे स्थानमा मातादेवी काे वासस्थान रहेको बुडा पाका हरु बताउछन् ।

अहिले साे मन्दिरमा भक्तजन हरुकाे अास्था बडि रहेको हुनाले मन्दिरमा बृद्ध,बृद्धा देखि युवा हरु मन्दिरमा पुजा अर्चना गर्ने अाउन थालेका छन ।

उक्त मन्दिरमा अहिले दमक,बिर्तामोड , गाैरीगंञ्ज, ईनरुवा,दुहबी ,घरान, बिराटनगर ,बेलवारी,उर्लाबारी ,अमरदह, र भारतकाे कलकता हरियाना कुवाडि लगायतका स्थान हरुबाट भक्तजन हरु अाएर पुजा अर्चना गर्ने गर्देछन ।

मन्दिरमा निकै पुरानो रुख मुनि देविकाे बाँस रहेको पाईन्छ ।
साे मन्दिरमा भाकल गर्दाे कसैले बाेकाकाे बलि दिन्छन भने कसैले परेवा उडाउने गर्छन् त कसैले नरिबल काे पानी चडाएर अाफ्नाे भाकल पुरा गर्छन ।

साे मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार विशेष भक्तजन हरुकाे धुईचाेलाग्ने गरेको छ । उक्त मन्दिरमा भाकल गरेर बाेका काे बलिदिने गरेता पनि साे बाेकाकाे मासु त्यहीं पकाएर प्रसाद काे रुपमा खानुपर्ने र घर लैजान नहुने परम्परा रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...