News Portal

राजमार्गमा ३० किलोमिटरको दुरीमा चार्जिङ स्टेशन बनाउने विद्युत प्राधिकरणले

हिमाली संचार संवाददाता
५७८ पटक

धादिङ  -विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रबद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जका लागि निकट भविश्यमा नै काठमाडौँ उपत्यकामा केही स्टेशन तयार गरिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले साझा यातायातले आयात गरेको विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने घोषणा गरेका थिए।

‘चार्जिङ स्टेशन’ बनाउन समस्या नभए पनि के कति महशुल लिने, कसरी शुल्क लिने तथा के कति क्षमताका स्टेशन राख्ने भन्नेलगायतका विषयमा भने नीतिगत व्यवस्था गर्न बाँकी रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । एउटा बस चार्जका लागि कम्तीमा पनि ८० किलोवाट बराबरको विद्युत् आवश्यक पर्दछ । कार्यकारी निर्देशक घिसिङका अनुसार पेट्रोलपम्पजस्तै राजमार्गमा हरेक ३०÷३० किलोमिटरमा र राजधानीमा पनि सहजरुपमा चार्ज गर्न मिल्ने गरी स्टेशन निर्माण गरिनु पर्दछ ।

प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क र एनइए इञ्जिनीयरिङ कम्पनीको कार्यालय थापाथलीमा ‘चार्जिङ स्टेशन’ निर्माण भइसकेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको खर्चसमेत कम हुने भएकाले पछिल्लो दिनमा संसारभर नै विद्युतीय सवारीतर्फ मानिसको आर्कषण बढेको छ ।

एशियाली विकास बैंकको सहयोगमा साझा यातायातले दुई वटा विद्युतीय सवारी साधन भित्र्याइसकेको छ भने थप तीनवटा आउने चरणमा रहेको छ ।

कार्यकारी निर्देशक घिसिङले कानूनी प्रबन्ध हुने बित्तिकै स्टेशनसमेत बन्ने र नेपालमा हरेक वर्ष विद्युतीय सवारी साधन चढ्नेको सङ्ख्यामा वृद्धि हुने बताए।

राजमार्गका क्षेत्रमा पनि सहजरुपमा ‘चार्जिङ स्टेशन’ राख्न सकिने भएकाले निजी क्षेत्रसमेत यसमा आर्कषित हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...