कुवेत-समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने जानकारी महासचिव दामोदर बटलाले जानकारी दिए।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुन समेत आयोजकले आग्रह गरेकाे छ।अधिवेशन गर्ने स्थल केहि दिनभित्र तय भएपछि जानकारी दिनेे महासचिव दामोदर बटलाले बताए।