News Portal

अब पुस्तकमा गणेशमान सिंहको संघर्षको कथा !

हिमालीसंचार संवाददाता
८०३ पटक

काठमाडौं, १० कात्तिक – ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ । काठमाडौंको क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा गणेशमानका छोरा समेत रहेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका हुन् ।

वि. सं. १९७२ देखि २००७ सालसम्म प्रजातन्त्र स्थापनाका लागि लौहपुरुष गणेशमान सिंहले खेलेको भूमिकाबारे पुस्तकमा पढ्न पाइन्छ । पाँच अध्यायमा विभाजित पुस्तकमा शुरुमा सिंहका प्रारम्भिक दिनहरु, त्यसपछि राजनीतिक सक्रियताका क्षणहरु, क्रान्तिमार्गतर्फको गतिशीलता र बन्दीगृहका चार महिनाका सन्दर्भ उल्लेख छ ।

पुस्तकका लेखक डा. बद्रीनारायण गौतमले सिंहको सिंगो राजनीतिक यात्रालाई ५ अंकमा तयार गर्न लागेको र यो पहिलो पुस्तक भएको बताए । गौतम त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्रका सहप्राध्यापक समेत हुन् ।

पुस्तक विमोचन गर्दै कांग्रेस नेता सिंहले गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानबारे पछिल्लो पुस्तालाई जानकारी गराउनका लागि यस्ता पुस्तकहरु प्रकाशन हुनुपर्ने बताए । उनले गणेशमान सिंहले नेपालमा पुर्‍याएको योगदानको तुलनामा पुस्तकहरु कम भएको भन्दै फाउण्डेसनले अनुसन्धात्मक कृति लेख्न चाहनेहरुलाई सकेसम्म सहयोग गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...