News Portal

अब पुस्तकमा गणेशमान सिंहको संघर्षको कथा !

हिमालीसंचार संवाददाता
६९३ पटक

काठमाडौं, १० कात्तिक – ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ । काठमाडौंको क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा गणेशमानका छोरा समेत रहेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका हुन् ।

वि. सं. १९७२ देखि २००७ सालसम्म प्रजातन्त्र स्थापनाका लागि लौहपुरुष गणेशमान सिंहले खेलेको भूमिकाबारे पुस्तकमा पढ्न पाइन्छ । पाँच अध्यायमा विभाजित पुस्तकमा शुरुमा सिंहका प्रारम्भिक दिनहरु, त्यसपछि राजनीतिक सक्रियताका क्षणहरु, क्रान्तिमार्गतर्फको गतिशीलता र बन्दीगृहका चार महिनाका सन्दर्भ उल्लेख छ ।

पुस्तकका लेखक डा. बद्रीनारायण गौतमले सिंहको सिंगो राजनीतिक यात्रालाई ५ अंकमा तयार गर्न लागेको र यो पहिलो पुस्तक भएको बताए । गौतम त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्रका सहप्राध्यापक समेत हुन् ।

पुस्तक विमोचन गर्दै कांग्रेस नेता सिंहले गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानबारे पछिल्लो पुस्तालाई जानकारी गराउनका लागि यस्ता पुस्तकहरु प्रकाशन हुनुपर्ने बताए । उनले गणेशमान सिंहले नेपालमा पुर्‍याएको योगदानको तुलनामा पुस्तकहरु कम भएको भन्दै फाउण्डेसनले अनुसन्धात्मक कृति लेख्न चाहनेहरुलाई सकेसम्म सहयोग गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...