News Portal

नेसपा समाजबादीले पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी (समाजबादी) राख्न गऱ्यो प्रस्ताव

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौँ – डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ । नेसपा (समाजबादीका) अध्यक्ष महिन्द्र राय यादवका अनुसार गत जेठमै माओवादी केन्द्रसमक्ष यस्तो प्रस्ताव पठाइएका हो ।

‘माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न हामीले जेठमै लिखित प्रस्ताव पठाएका छौं,’ उनले भने, ‘हामीले औपचारिक रूपमा एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न प्रस्ताव गरेका हौं।’ माओवादी केन्द्र र नेसपाबीच एकीकरण भए एकीकृत पार्टीको चुनाव चिह्न परिवर्तन गर्नुपर्ने तर झन्डा भने माओवादी केन्द्रकै कायम राख्नुपर्ने सुझाव दिएको यादवले बताए । 

‘एकीकरणपछि अहिलेको चुनाव चिह्न फेरौं तर झण्डा भने कायम राखौं भन्ने हाम्रो प्रस्ताव छ,’ उनले भने । नेसपाले माओवादी केन्द्रलाई पठाएको लिखित प्रस्तावका विषयमा माओवादी केन्द्रबाट अहिलेसम्म कुनै जवाफ नआएको उनको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...