News Portal

  • ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार

    हिमालीसंचार संवाददाता
    १९० पटक

    काठमाडौं। हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

    ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

    साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

    बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:-

    – हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

    – बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

    – बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ। जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ६ गतेको राशिफल

    आज साउन ६, २०८२ (जुलाई २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा...

    ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

    काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी...

    लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

    काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक...

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त...