News Portal

रिहा भए बल्छी धुर्वेसहितका कलाकार

हिमालीसंचार संवाददाता
४३९ पटक

२७ असार २०८०, काठमाडौं। काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन्।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए।

अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए।

बल्छी धुर्वेले चाहिँ तत्काल नबोल्ने बताए भने पवन खतिवडा म्याकुरीले आफूहरुबाट गल्ती भएको बताउँदै काममा चाँडै फर्कने बताए। उनीहरुलाई स्वागत गर्न अन्य कलाकार पनि अदालत बाहिर पुगेका थिए।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ। यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...