News Portal

रिहा भए बल्छी धुर्वेसहितका कलाकार

हिमालीसंचार संवाददाता
४०९ पटक

२७ असार २०८०, काठमाडौं। काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन्।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए।

अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए।

बल्छी धुर्वेले चाहिँ तत्काल नबोल्ने बताए भने पवन खतिवडा म्याकुरीले आफूहरुबाट गल्ती भएको बताउँदै काममा चाँडै फर्कने बताए। उनीहरुलाई स्वागत गर्न अन्य कलाकार पनि अदालत बाहिर पुगेका थिए।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ। यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन्।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...