News Portal

समाचार लेखेको निहुँमा मकालुखबरकर्मीमाथि कुटपिट, प्रशासकीय अधिकृतको डिजाइनमा घटना

हिमालीसंचार संवाददाता
३४१ पटक

काठमाडौँ। मकालुखबरका मधेश प्रदेश संयोजक सिबेन्द्र रोहितामाथि कुटपिट भएको छ। सोमबार राति समाचार लेखेको निहुँमा प्रमुख प्रशासकीय अधिकृतको डिजाइनमा रोहितामाथि कुटपिट भएको हो।

यही असार २३ गते शनिबार ‘धनौजी गाउँपालिका : हाकिमको रवैयाका कारण स्थानीय उपभोक्ता मार्कामा’ शीर्षकमा ‘पालिकामा अनियमितताको चाङ्ग, बाउन्सर राखेर काम गर्दै हाकिम’ उपशीर्षकको समाचार मकालुखबरकर्मी सिबेन्द्र रोहिताको ‘बाइलाइन’ प्रकाशित भएको थियो। यसरी पालिकामा भएको अनियमितता तथा बेथितिविरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवको डिजाइनमा पत्रकार रोहितामाथि कुटपिट भएको हो।

अधिकृत यादवले आफ्ना भाइ तथा गुन्डाहरू परिचालन गरी रोहितालाई निर्घात कुटपिट गरेका हुन्। २४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्तबजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर आएका उनीहरूले पत्रकार रोहितामाथि आक्रमण गरेका हुन्। पत्रकारमाथि आक्रमण भइरहेको देखेपछि स्थानीयले प्रतिकार गर्दै आक्रमणकारीलाई लखेटेका थिए। त्यसपछि उनीहरूले स्कारपियो गाडी छाडेर भागेका थिए।

उक्त गाडी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको बुझिएको छ। गाडीमा हातहतियारसहित पत्रकार रोहिताको ज्यान मार्ने उद्देश्यले आएको स्थानीयले बताएका छन्। आक्रमण गर्नेहरूमा अधिकृत यादवका भाइ स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरूलाई आफूले चिनेको पत्रकार रोहिताले बताए। प्रहरीले उल्टै आक्रमणकारीहरूलाई सहयोग गरेको पत्रकार रोहिताको आरोप छ।

हतियारसहित आएका आक्रमणकारीहरूलाई पक्राउ गर्नुको सट्टा भगाउन प्रहरीले भूमिका खेलेको पत्रकार रोहिताको भनाइ छ। आक्रमणबाट घाइते पत्रकार रोहिताको जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको छ।

यता धनुषा प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएको छ। प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले दुवैतर्फ घाइते भएको बताए। ‘प्रारम्भिक जानकारीअनुसार दुवैतर्फ घाइते भएको कुरा छ,’ उनले भने, ‘पत्रकार पक्षसँग कुरा हुन पाएको छैन,’ ‘अधिकृत मुछिएकाको तर्कको भनाईअनुसार साथी साथी बिच विवाद हुँदा हात हालाहाल भएको हो ।’

घटनाको अनुसन्धानका लागि सिसिटिभी फुटेज मगाइएको छ। पत्रकार रोहिता काठमाडौँ (ललितपुरको एक अस्पताल)मा उपचार गराइरहेकाले कुरा हुन नपाएको एसपी खड्काले बताए। ‘घटना जुनसुकै निहुँमा भएको भएपनि दोषीलाई कारबाही हुन्छ, मैले ललितपुर प्रहरीसँग समन्वय गरिरहेको छु। दुवै पक्षको कुरा पनि सुनिन्छ,’ उनले भने, ‘वास्तविक कुरा पत्ता लगाएर दोषीमाथि आवश्यक कारबाही त हुन्छ नै।’

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...