News Portal

कुवेतमा २९औ विश्व आदिवासी दिवस मनाइँदै

हिमालीसंचार संवाददाता
४७२ पटक

कुवेत सिटी। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाद्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औ विश्व आदिवासी दिवस (29th International Day of the World’s Indigenous People) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ।

विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनिहरुको हक हितको संरक्षण गर्न गराउन हरेक बर्ष “९ अगष्ट”का दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ। यसै अवसरमा कुवेतमा रहेका जनजातीहरु र कृयाशिल जातिय संस्थाहरुको छाता संस्थाका रुपमा २०१४ मा स्थापित नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले ‘विश्व आदिवासी दिवस’ तथा आफ्नो चौथो कार्यकालको निम्ती ऐतिहासिक अधिवेशन सम्पन्न गर्न लागेको हो। जसको निम्ती महासंघले आफ्नो गृहकार्य शुरु गर्दै बिभिन्न कार्य बिभाजन गरेको छ।

कुवेतमा कृयाशिल जातिय संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखामा आबद्ध संस्थाहरु निम्न छन्:-

१) तमू समाज, कुबेत
२) नेपाल तामाङ घेदुङ, कुवेत
३) नेपाल मगर संघ, कुबेत
४) किरात राई यायोक्खा, कुबेत
५) किरात याक्थुङ चुम्लुङ, कुबेत
६) तमू प्ये ल्हु संघ शाखा, कुवेत
७) सुनुवार सेवा समाज, कुबेत
८) नेवा:गूठी, कुवेत

थप जानकारीका लागी:-

मिति : अगस्ट १८ तारिक २०२३ शुक्रबार
समय : बिहान् ठिक ११ बजे
कार्यक्रम : चौथो ऐतिहासिक अधिवेशन तथा २९औ विश्व आदिवासी दिवस
आयोजक : आदिवासी जनजाति महासंघ, कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...