News Portal

कुवेतमा २९औ विश्व आदिवासी दिवस मनाइँदै

हिमालीसंचार संवाददाता
४३८ पटक

कुवेत सिटी। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाद्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औ विश्व आदिवासी दिवस (29th International Day of the World’s Indigenous People) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ।

विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनिहरुको हक हितको संरक्षण गर्न गराउन हरेक बर्ष “९ अगष्ट”का दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ। यसै अवसरमा कुवेतमा रहेका जनजातीहरु र कृयाशिल जातिय संस्थाहरुको छाता संस्थाका रुपमा २०१४ मा स्थापित नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले ‘विश्व आदिवासी दिवस’ तथा आफ्नो चौथो कार्यकालको निम्ती ऐतिहासिक अधिवेशन सम्पन्न गर्न लागेको हो। जसको निम्ती महासंघले आफ्नो गृहकार्य शुरु गर्दै बिभिन्न कार्य बिभाजन गरेको छ।

कुवेतमा कृयाशिल जातिय संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखामा आबद्ध संस्थाहरु निम्न छन्:-

१) तमू समाज, कुबेत
२) नेपाल तामाङ घेदुङ, कुवेत
३) नेपाल मगर संघ, कुबेत
४) किरात राई यायोक्खा, कुबेत
५) किरात याक्थुङ चुम्लुङ, कुबेत
६) तमू प्ये ल्हु संघ शाखा, कुवेत
७) सुनुवार सेवा समाज, कुबेत
८) नेवा:गूठी, कुवेत

थप जानकारीका लागी:-

मिति : अगस्ट १८ तारिक २०२३ शुक्रबार
समय : बिहान् ठिक ११ बजे
कार्यक्रम : चौथो ऐतिहासिक अधिवेशन तथा २९औ विश्व आदिवासी दिवस
आयोजक : आदिवासी जनजाति महासंघ, कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...