News Portal

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

हिमालीसंचार संवाददाता
५८४ पटक

काठमाडौँ। कलाकार तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार भएको बताएको छन्।

आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए। त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच प्रेम सम्बन्ध हो ? भनेर प्रश्न सोधेका थिए।

आमेशलाई समिक्षासँग तपाईको साच्चै प्रेम सम्बन्ध छ त ? भनेर सोधिएको प्रश्नमा आमेशले अहिले प्रेम सम्बन्ध नभएको बताएका छन्।

‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले त्यस्तो ठान्नु भएकाे हाेला तर, अहिले हामी प्रेममा त छैनौउ पछि के हुन्छ थाहा छैन’ भन्दै आमेशले जवाफ दिए।

आमेशलाई समिक्षको लागि के भन्ननुहुन्छ भनेर कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले भन्दा आमेशले ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म राेइिदनसक्छु’ बोलको गीत गाएका छन्।

त्यसपछि फेरी प्रकाशले आमेशलाई यदि समिक्षाको बुबा आमा केटा माग्दै आउनुभयो भने के तपाई विवाह गर्न तयार हुनुहुन्छ ? भन्दै प्रश्न साेधे। यो प्रश्नको जवाफ दिँदै आमेशले भने,’त्यस्तो भयो भने म त एकदम लक्की हुन्छ, म विवाह गर्छु, मेरो उमेर पनि भयो।’

सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच एक एक घण्टामा फोनमा कुरा हुन्छ रे नी त भन्दै अर्को प्रश्न गरे। आमेशले पहिला त धेरै कुरा नहुने बताएपनि पछि हासेर हामी अहिले पनि कुरा गर्छौ भन्दै जवाफ दिए।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...