News Portal

एनआरएनएको मध्यपूर्व सम्मेलनमा ओमानकै नेपाली किन भए असन्तुष्ट ?

हिमालीसंचार संवाददाता
३३३ पटक

ओमन – एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन विवादमा परेको छ। श्रमिकको हित प्रतिकूल रहेको भन्दै असन्तुष्टि चर्किएपछि सम्मेलन विवादित भएको थियाे।

जसका कारण ओमनमा सकृय राजनीतिक दलका भातृ संगठन, जातीय संगठन र अन्य सामाजिक संघसंस्थाहरुले सम्मेलन बहिष्कार गर्दा श्रमिकको उपस्थिति अत्यन्त न्यून रहेको छ। एनआरएनएले ओमनका अन्य संघसंस्थालाई अपहेलना गरेको भन्दै आफूहरु कार्यक्रममा भाग नलिएको त्यहाँस्थित एक राजनीतिक भातृ संगठनका नेताले बताए।

´केही बोले पुलिस लगाइदिने धम्की आउँछ’, उनले भने, ‘केही समय पहिले धेरै बोलेको भनेर एनआरएनएका साथीहरुले दूतवासमा उजुरी नै गरे, अनि कसरी भाग लिनु ?´ ‘अनिवार्य सामाजिक सुरक्षा, सम्मानित बैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी, राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित हिजोदेखि शुरु भएको सम्मेलनमा श्रमिकसँग सम्बन्धित वैदेशिक रोजगारीबारे विभिन्न सेसनहरुमा छलफलको कार्यक्रमसमेत तय गरिएको छ।

ओमनका श्रमिकहरु अनुपस्थित भएपछि आयोजकले स्वयंसेवकसमेत दुबईबाट आएका प्रतिनिधिहरुलाई खटाउनु परेको बताइएको छ। एनआरएनए ओमनले भने ‘कार्यक्रम आफूले नगरेको र केही जान्न मन लागे ५० डलर तिरेर भाग लिन पाउने’ भनेर पत्राचार गरेको थियो। ओमनका श्रमिकले ५० डलर तिर्नुपर्ने तर बाहिरका प्रतिनिधिहरुले भने नि:शुल्क उपस्थिति जनाउन पाउने प्रावधान रहेको पत्रमा जनाइएको छ।

भव्य भनेर प्रचार गरिएको उक्त कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए। पूर्वउपप्रधान मन्त्री रघुवीर महासेठ, श्रम सचिव, बैदेशिक रोजगार बिभागका महाप्रबन्धक, सामाजिक सुरक्षा कोषका पदाधिकारीहरु र खाडी मुलुकका दूतावासका प्रतिनिधिहरुको सम्मेलनमा उपस्थिति रहेको छ।

यो पनि पढ्नुहोस्।

आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा सुरु, उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...