News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्थानीय तहमा जनताको क्षमताभन्दा बढी कर

    हिमाली संचार संवाददाता
    ४०९ पटक

    शरद शर्मा  काठमाडौँ – स्थानीय तहले पर्याप्तमात्रमा छलफल नै नगरिकन कर उठाइएको पाइएको छ ।

    सरकारले प्रदेश तथा स्थानीय तहको कर सम्बन्धमा अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहले जनतासँग छलफल नै नगरिकन विभिन्न शीर्षकमा कर उठाइएको पाइएको हो ।

    स्थानीय तहले जथाभावी कर लिएको गुनासो आएपछि सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको थियो ।

    समितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गाना रहेको समिति गठन गरेको थियो । मन्त्रालयका स्रोत परिचालन समन्वय शाखाका प्रमुख विष्णुदत्त गौतमले स्थानीय तहले कर निर्धारण गर्दा जनताले तिर्न सक्ने क्षमता नहेरी लिएको बताए ।

    ‘स्थानीय तहलाई कर लिने नयाँ अभ्यास भएकाले पर्याप्तमात्रमा जनतासँग छलफल नै नगरी कर लिएको पाइयो’, उनले भने, ‘कर निर्धारण गर्दा जनताले तिर्नसक्ने क्षमताकोसमेत विश्लेषण गरिएन ।’

    संविधान र कानूनविपरीत केही स्थानीय तहले कर उठाइएको पाइएको मन्त्रालयका उपसचिवसमेत रहेका गौतमले जानकारी दिए ।

    प्रदूषण कर, पेट्रोलियम पदार्थमा कर पटके सवारी साधन कर, निकासी करजस्ता अहिलेको संविधान र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार यही साउनदेखि लिन नमिल्ने करसमेत केही स्थानीय तहले उठाएको उनले बताए ।

    पहिले जिल्ला विकास समितिले उक्त कर लिने गर्दथ्यो । स्थानीय तहले पहिले जस्तै गरी कर लिन पाउने भनेर अहिले पनि कर लिएको उनले बताए ।

    प्रतिवेदनमा वीरगञ्ज महानगरपालिकाले पेट्रोलिय पदार्थ कर, नाका प्रवेशको कर, तनहुँको शुक्लागण्डकी नगरपालिका प्रदूषण कर कानूनविपरीत लिएको पाइएको उपसचिव गौतमले बताए । शुक्लागण्डकी नगरपालिका प्रदूषण कर सूर्य टोवाको कम्पनीबाट वार्षिक आठ लाख प्रदूषण कर लिने निर्णय गरेको थियो ।

    यसैगरी विराटनगर, पोखरा र भरतपुर महानगरमा सम्पत्ति कर र व्यवसाय कर बढी लिएको, कास्कीस्थित अन्नपूर्ण गाउँपालिका र मध्यपुरठिमी नगरपालिकाले घर नक्सापास गर्दा बढी कर लिएको, चन्द्रागिरि नगरपालिकाले खसीबोकामा कर लिएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    एउटै जिल्लाका जोडिएका स्थानीय तहका पनि फरकफरक कर लिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कर सेवा शुल्क र दस्तुरको दरसमेत एउटै जिल्लामा फरकफरक लिएको पाइएको उल्लेख गरिएको छ । नागरिकता सिफारिश दस्तुर, घरजग्गा पास कर जस्तामा एउटै जिल्लामा पनि फरकफरक लिइएका पाइएको छ ।

    उपसचिव गौतमले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०५ अनुसार ‘प्रदेश समन्वय परिषद्’ गठन गरेर करको सम्बन्धमा समन्वय गर्नुपर्ने भने तापनि गठन नहुँदा पनि एकरुपतामा समस्या परेको बताए ।

    यस्तै प्रदेश तहले पनि नियमविपरीत कर लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भारतीय सवारी साधन प्रवेश गर्दा कर, ढुङ्गा, बालुवा र गिटीमा पनि प्रदेशपिच्छे फरकफरक कानून बनाइएको पाइएको उपसचिव गौतमले बताए ।

    समितिले तयार पारेको प्रतिवेदन अहिले अर्थ मन्त्रालयमा पठाइएको छ । समितिलाई सहयोग गर्नका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव गोपिकृष्ण खनालको संयोजकत्वमा पाँच सदस्सीय कार्यदल गठन गरिएको थियो ।

    उक्त कार्यदलले काठमाडौँ उपत्यकासहित काभ्रे जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र राजस्व प्रमुख तथा केही नगरपालिकाका प्रमुख र उपप्रमुखसँग करको बारेमा अन्तक्र्रिया गरेर अध्ययन गरेको थियो ।

    उपत्यकाका बाहिर पोखरामा कास्की, तनहुँ, पर्वत, स्याङ्जा, गोरखा, जिल्लाका केही स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, राजस्व प्रमुख र केही नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि करका बारेमा छलफल गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    पहिले साइकलबाट लडाएर खुट्टा भाँचिदिएका काकालाई यसपटक ढुंगा प्रहार गरी हत्या

    दाङ, चैत्र २५ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको...

    रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा...

    सुनको मूल्यमा लगातार गिरावट, चाँदीको भाउमा वृद्धि

    नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। गत शुक्रबारदेखि घट्न थालेको सुनको...

    राप्रपाको विरोध प्रदर्शन बल्खुमा हुने, प्रशासनको निषेधपछि विकल्प रोजियो

    काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा...

    रवि लामिछाने प्रकरण : थुनामा पठाउन उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा

    बुटवल, चैत्र २५ – सुप्रिम बचत तथा सहकारी संस्था घोटाला प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र...