News Portal

खानेपानी मन्त्री बिना मगरलाई कञ्चनपुरका स्थानियले देखाए कालो झण्डा

हिमाली संचार संवाददाता
६२७ पटक

दीपेन्द्र बस्नेत
बेलौरी : कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरीमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिहीवार कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका छन् ।

बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न मन्त्री मगर महोत्सवस्थल जाँदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले बिरोध गर्दै कालो झण्डा देखाएका हुन्।

कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा आयोजित व्यापार मेलाको उद्घाटन दिउँसो १२ बजे राखिए पनि बिहान १० बजे देखिनै बिरोध प्रदर्शनका लागि प्रमुख प्रतिपक्ष दल कांग्रेस कार्यकर्ताहरु एकत्रित भएको खबर फैलिए पछि पूर्व निर्धारित समय भन्दा झन्डै साढे ४ घन्टा बिलम्ब गरि व्यापक सुरक्षाको बन्दोबस्तीका साथ मन्त्री मगर कार्यक्रम स्थलमा पुगेकी थिइन।

आन्दोलनकारीलाई झुक्याउदै नीजि नम्बर प्लेटको गाडी प्रयोग गरि मन्त्री मगरलाई कार्यक्रम स्थलमा लगिएको थियो।

कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीस्थित सीमा नाकाको स्तरोन्नति गर्नुको साँटो कैलालीको खक्रौलामा नेपाल-भारत नाका बनाएको भन्दै नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरुले बिरोध स्वरुप कालोझण्डा देखाएका हुन्।

बिहिबारदेखि १० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्न आफ्नै निर्वाचन क्षेत्रस्थित पुनर्वासमा बुधबारनै मन्त्री बिना मगर पुगे पनि कांग्रेसको बिरोध कार्यक्रमका कारण कार्यक्रम स्थलमा समयमा पुग्न सकिनन्।

४:२५ बजे बेलौरी पुगेकी मन्त्री मगरलाई झन्डावाल गाडीमा नराखी नीजी गाडीमा राखेर ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरुले आन्दोलनकारीलाई झुक्याउदै कार्यक्रम स्थलसम्म पुर्‍याएका थिए। पुनर्वासबाट बेलौरी आउदै गर्दा मन्त्री मगरलाई महोत्सवस्थल भन्दा डेढ किमि पुर्वको रिछाहामा प्रमुख प्रतिपक्षी काँग्रेस कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन्।

जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा मन्त्री मगरको सुरक्षार्थ सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...