News Portal

अनौठो माया उपन्यासको अन्तरक्रिया एवं अडियो सार्वजनिक

हिमालीसंचार संवाददाता
३९४ पटक

काठमाडौ। उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’द्वारा लिखित ”अनौठो माया” उपन्यासको एक समारोहबीच राजधानीमा उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले ४ दशक लामो साहित्य यात्रा र कला क्षेत्रमा लागेर नेपाली साहित्य क्षेत्रमा आफ्नो महत्त्वपूर्ण योगदान दिनु भएकोमा उपन्यासका लेखक सुरेन्द्र महर्जन ‘अमर’लाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभयो।

धेरै भन्दा धेरे पुस्तक एवं कृति प्रकाशित गरेर साहित्यमा ठुलो योगदान दिनुहुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को ”अनौठो माया” उपन्यास अध्यन गर्दा उपन्यासभित्र मात्र नभएर यथार्थमा पनि उपन्यासभित्रको कथामा झैँ नायकलाई पर्न गएको समस्या अनि समाधान उपन्यास पढेपछि थाहा हुने र अहिलेको जवानामा सबै मान्छेहरूलाई प्रेमप्रति पनि विश्वास गर्ने कि, नगर्ने ? प्रश्न गर्न लायक कुरा र समाधान उपन्यासमा रहेको कार्यक्रमका अथिति वरिष्ठ पत्रकार गीता अधिकारीले बताउनुभयो।

कार्यक्रममा पत्रकार चक्रप्रसाद पोखरेलले साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को ३२ औं कृति प्रकाशित गरेर साहित्यको निमित्त धेरै ठुलो योगदान दिनुभएको धारण राख्नुभयो।

ओएसनेपालको तर्फबाट विवेक कार्कीले आफ्नो धारणा राख्दै ओएसनेपालले प्रकाशित गरेको ”अनौठो माया” उपन्यासका बारेमा बोल्दै साहित्यमा धेरै समय खर्चंदै नेपाली साहित्यलाई मात्रै नभएर नेपाली गीत, संगीत क्षेत्रमा पनि आफ्नो अमूल्य योगदान दिनु भएकोमा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा चर्चित एवं विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले कथावस्तु अनुसार धेरै पृष्ठको उपन्यासभन्दा सरल र सबै कथा समाबेश गरेर पाठक माझ पुर्‍याउने साहित्यकार अमरको खुवी रहेको मन्तव्य राख्नुभयो।

संगीतकार एवं गायक सुर्यकमल राईले अरु उपन्यास भन्दा फरक शैलीमा सरल तरिकाबाट उपन्यासमा कथा समेटिएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमरले सबैको मन जित्ने बताए।

अन्तरक्रिया कार्यक्रमपछि उपन्यासको अडियो उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीबाट उपन्यासको अडियो सोही समारोहमा  सार्वजनिक गर्नु भयो।

अब पुस्तकमा मात्रै नभएर उपन्यासको अडियो छोटो समयमै सबैले सुन्न सक्ने र पुस्तक प्राप्त नभएको खण्डमा पनि अडियोबाट उपन्यासको मजा लिन सक्ने लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले बताउनु भयो।

सार्वजनिक उक्त ”अनौठो माया” उपन्यासको अडियोमा कृष्णराज अधिकारीको सुमधुर आवाज रहेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...