आज : २०२६-०६-०८, सोमबार

मुक्तक “जीवन चौंतारी” शिवकुमार पन्त

अहंमताको भीरमा झुण्डिएको ऊ,
‘म’पाईको पासोमा अल्झिए छ लु!
तातो र चिसोको हो त्यो औंतारी,
खुब बेरिएको छ जीवन चौतारी!!

हावाले हुरीको डोरी समाए पछि,
जीन्दगीको पीङमा हुंइकिए पछि!
डुल्दैछ आत्मा नि भौतारी-भौतारी,
अचाक्ली बेरियो यो जीवन चौतारी!!

शिव कुमार पन्त
काठमाडौ, नेपाल