News Portal

  • धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन, सम्मान मानपदवी वितरण

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    धरान – पूर्वाञ्चलको धरान उपमहानगरपालिका धरानमा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा तीन जना याक्थुङ चलचित्रकर्मीहरु लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, नवि सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मानित गरिएको छ।

    धरानमा गत शनिबार याक्थुङ चुम्लुङ हिममा आयोजित  ‘याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८०’ को अवसरमा चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नविन सुब्बालाई अभिनन्दन गरिएको छ। यसैगरी हालपनी प्रदर्शनरत ५१औं दिन मनाएको सफल चलचित्र जारीका लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फुल, बितेकापलका निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएको छ । 

    याक्थुङ कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रमार्फत विश्व सामु पुऱ्याएको र आदिवासी जनजाती चलचित्रहरुलाई नेपाली चलचित्र बजारमा चिनाउन अथक प्रयास गरेर सफल भएकाले उहाहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए । 

    यसैगरी उत्सको अवसरमा बिगत चार दशकदेखि मोफसलमै रहेर  चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई ‘याक्थुङ बरिष्ठ कलाकार’ पदबाट र  किशोर सुब्बालाई ‘वरिष्ठ याक्थुङ  चलचित्रकर्मी’ पदवीबाट सुशोभन सम्मानित गरिएको छ । प्रेम सुब्बा र किशोर सुब्बालाई नगद सहित सम्मान गरिएको हो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा र कार्यक्रमका सभापती नि मेन्याङ्बोले संयुक्त रुपमा सम्मान  गरेका थिए ।   

    आयोजित कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले याक्थुङहरु कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिए । कला, भाषा, साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न जोड दिए ।

    आफ्नो समुदायको कला, भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी वहन गर्न यस्ता संघ संस्थाहरुकै भएकोले एकताबद्ध भएर लाग्न आग्रह समेत गरे । देशैभरीका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भन्ने विषयमा छलफल र चिन्तन गर्नुस् यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुने उपप्रमुख बेघाको जिकिर थियो।    

    गत असार २ र ३ गते दुइदिन चल्ने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र भएको थियो । भव्य रुपमा उदघाटन भएको  खुल्ला शत्रको उदघाटनमा च्याब्रुङ सहित सांस्कृतिक झाकी यालाङ, केलाङ, हाक्पारे, बिजुवा प्रदर्शन, विभिन्न गायक गायिकाको प्रस्तुति रहेको थियो । 

    पहिलो शेसन समाप्त भएपछि दोस्रो सेशनमा याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना भएको थियो। अन्तरक्रिया कार्यक्रममा अभिनन्दित नबिन सुब्बा र सम्मानित द्वय उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बोले याक्थुङ चलचित्रको बारेमा बोलेका थिए। 

    अन्तरक्रिया कार्यक्रमको सहजीकरण इक्षा मादेनले गरेकी थिइन । राष्ट्रिय महाधिवेशन – २०८० को अन्तिम दिन अर्थात असार ३ गते बन्दशत्र हुने कार्यक्रम रहेक छ । बन्द शत्रमा १ सय जना याक्थुङ चलचित्रकर्मीहरुको उपस्थिति रहने र यहीबाट नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष नबिन सुब्बा मेन्याङ्बोले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal