News Portal

धरानमा बंगुरको मासुको भाउ असार १ गतेदेखि बढाउने संघको निर्णय

“प्रतिकिलो ६० रुपैया बृद्धि हुने भएको छ!”

हिमालीसंचार संवाददाता
६७० पटक

अशोक तिरुवा/धरान – धरान उपमहानगरपालिका धरानमा आगामी असार १ गतेदेखि बंगुर मासुको भाउ बढाउने धरान मासु व्यवसायी संघले निर्णय गरेका छन्।

संघका अनुसार धरानका सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता लगायतका प्रतिनिधिहरुसंगको छलफलबाट धरानमा बंगुरको मासुको भाउ बढाउने संघले निष्कर्ष निकालेका हुन्। 

संघका अध्यक्ष मदन तामाङका अनुसार आगामी असार १ गतेदेखि लागु हुने गरी धरानमा बंगुरको मासुमा प्रतिकिलो ६० रुपैया वृद्धि हुने गरी धरानमा बंगुरको मासुको भाउ बढाउने निर्णय गकिएको जानकारी दिए।

धरानमा लामो समयदेखि बंगुर मासुको भाउ बृद्धि भएको थिएन। धरानमा बंगुर पालन गर्दै आएका किसानहरुलाई बंगुरको चारोको भाउ निरन्तर बढीरहदा पनि मासुको भाउ नबढ्दा व्यवसायीहरु मारमा परेको भन्ने गुनासो आएपछि पछिल्लो समय मुल्य समायोजन गरिएको जानकारी दिए। 

धरानमा बंगुरको मासु प्रतिकिलो ३६० रुपैयाबाट बढेर अब ४२० रुपैया कामय हुने भएको छ । नया मुल्य समायोजन हुदा प्रतिकिलो ६० रुपैया वृद्धि हुने भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...