News Portal

चेक बाउन्सको आरोपमा समातिए वडाध्यक्ष धामी

हिमालीसंचार संवाददाता
३६७ पटक

धनगढी। चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्।

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको भेउ पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले थाहाखबर जानकारी दिए।

वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो।

त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। थाहाखबरबाट।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...