News Portal

रुसी सेनामा नेपाली युवा भर्ती भएका छैनन्- एनआरएनए

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनएले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए।

सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका छन्।

भम्रण तथा विद्यार्थी भिसामा रुस पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ। तर, रुसमै बस्ने संघका अध्यक्ष डा. केसीले भने यस विषयमा आफूले पनि सामाजिक सञ्जालबाटै जानकारी पाएको बताए।

‘यस विषयमा हामीलाई केही जानकारी छैन। मैले पनि तपाईँले जस्तै सामाजिक सञ्जालमा देखेको हुँ,’ डा. केसीले भने, ‘मस्कोस्थित दूतावासलाई समेत यसबारे केही जानकारी छैन। दूतावासका अधिकारीसँग म नियमित सम्पर्कमा छु।’ यो विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको डा. केसीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...