News Portal

मकाउमा नेपाली मौलिक कथानक चलचित्र “जारी”को प्रिमियर शो प्रदर्शन हुदै

मकाउबासी नेपालीहरुलाई आयोजकको निमन्त्रणा !

हिमालीसंचार संवाददाता
७६४ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कोभिड-१९ को प्रभावपछि मकाउको जनजीवन सामान्य उन्मुख रहेको छ। यसै सन्दर्भमा मकाउमा नेपाली मौलिक कथानक चलचित्र “जारी” प्रिमियर शो प्रदर्शन हुन लागेको हो।

मकाउमा गठीत जातीय संस्था तामाङ घेदुङ संघ मकाउको आयोजनामा नेपाली मौलिक कथानक चलचित्र “जारी” प्रदर्शन संधको आयोजनामा मकाउमा प्रिमियर शो आगामी जुलाई २ तारिख आइतबार गर्न लागेको संघका सक्रिय सदस्य मिङमार तामाङले हिमालीसंचारडटकमसंग बताए। 

नेपाली कथानक चलचित्रले पछिल्लो समय राम्रो स्थान लिदैं गइरहेको अबस्थामा नेपाली मौलिक कथानक चलचित्र “जारी” मकाउस्थित सिनेमा अल्जेरा फ्लिम हलमा जुलाई २ तारिख आइतबार पहिलो शो विहान ९ः३० बजे र साझ ९ः३० बजे दोस्रो शो प्रदर्शन गर्न लागेको हो। 

संघका सक्रिय सदस्य तामाङका अनुसार लामो समय मकाउ सरकारले कोरोना भाईरस न्यूनीकरणका लागि लकडाउन गरेका कारण नेपाली नागरिक समेत प्रभावित भएका थिए। यहि बोरिङ समयलाई रिफ्रेशिङ गर्न पछिल्लो समय चर्चित नेपाली मौलिक कथानक चलचित्र “जारी” मकाउमा प्रदर्शन गर्न लागेको जानकारी दिए।

नेपाली मौलिक कथानक चलचित्र प्रदर्शनरत “जारी”ले मुलुकको विभिन्न चलचित्र हलहरुमा ५१ दिन मनाई रहेको छ। भर्खरै पूर्वाञ्चलको फ्रेन सिनेमा धरानमा पनी ५१ दिन भव्य मनाएको छ। विशेष गरेर पूर्वी नेपालको लिम्बू समुदायको कथालाई चलचित्रले उजागर गरेको छ। नेपालकैं चर्चित नायक दयाहाङ राईको मुख्य अभिनय रहेको छ भने नायिकामा मिरुना मगर रहेकी छिन। बरिष्ठ लेखक तथा निर्देशिक उपेन्द्र सुब्बाको कथामा आधारित जारी चलचित्र रामबाबु गुरुङको प्रोडक्स रहेको चलचित्रले बासुरी फ्लिमको बजारमा ल्याएको हो। 

उक्त प्रिमियर शो देश तथा विदेशमा भव्यताका साथमा प्रदर्शन भइरहेको छ। आज चीनको अर्को विशेष प्रशासनिक क्षेत्र हङकङमा पनी प्रिमियर शो हुन गइरहेको छ। यसका लागि नायक दयाहाङ राई लगायतका टोली हङकङ पुगी सकेका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...