News Portal

चर्को घामले सताउँ छ

हिमालीसंचार संवाददाता
५३४ पटक

र्स्याखु ओडी कोदो रोप्ने बेला हैन् र ?
बोटबिरुवाँ रोपी छोड्ने बेला हैन् र ?

चर्को घामले सताउँछ मौषमको खेल ।
यो बेला पहिला पहिला उठ्थे पानी मुल ।।

प्रकृतिले आफ्नै रित बिर्सिए झेै लाग्छ ।
चारैतिर खडेरी छ तापको आगो बल्छ ।।

खेतका गहरा खनजोत गरि रोप्ने बेला आयो ।
उम्रेको बीउ सुक्न लाग्यो खडेरीले खायो ।।

प्रकृतिले मानिसको उर्जा मारेको छ ।
गरि खान्छाै भन्नेलाई नि पिर पारेको छ ।।

आज भन्दा भोलि भन्दा जान्छ महिना साल ।
रित्तो हुन्छ भकारी नि पार्छ अनिकाल ।।।

  अम्बिका भण्डारी
– अन्नपूर्ण-२ कास्की, नेपाल।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...