News Portal

चर्को घामले सताउँ छ

हिमालीसंचार संवाददाता
४९० पटक

र्स्याखु ओडी कोदो रोप्ने बेला हैन् र ?
बोटबिरुवाँ रोपी छोड्ने बेला हैन् र ?

चर्को घामले सताउँछ मौषमको खेल ।
यो बेला पहिला पहिला उठ्थे पानी मुल ।।

प्रकृतिले आफ्नै रित बिर्सिए झेै लाग्छ ।
चारैतिर खडेरी छ तापको आगो बल्छ ।।

खेतका गहरा खनजोत गरि रोप्ने बेला आयो ।
उम्रेको बीउ सुक्न लाग्यो खडेरीले खायो ।।

प्रकृतिले मानिसको उर्जा मारेको छ ।
गरि खान्छाै भन्नेलाई नि पिर पारेको छ ।।

आज भन्दा भोलि भन्दा जान्छ महिना साल ।
रित्तो हुन्छ भकारी नि पार्छ अनिकाल ।।।

  अम्बिका भण्डारी
– अन्नपूर्ण-२ कास्की, नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...