News Portal

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो १ अर्ब ८ करोड अनुदान

हिमाली संचार संवाददाता
४२९ पटक

काठमाडौं, ८ कात्तिक :  जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् ।

१६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।

कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए र यसलाई पूरा गर्न २० वर्ष लागेको बताए ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...