News Portal

जनयुद्धका शहीद परिवारले घेरे मधेशको गृह, सञ्चार मन्त्रालय

हिमालीसंचार संवाददाता
३०७ पटक

जनकपुरधाम। जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन्। सरकारको मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै उनीहरुले मन्त्रालय घराउ गरेका हुन्।

मधेशका विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउन माग गरेका छन्।

मधेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तामा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो। प्रतिष्ठानले तीन वर्षसम्म एक एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन्।

सरकारले गत फाल्गुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ। तर शहीद परिवारले गतवर्ष जस्तै प्रमाणपत्रको आधार पाउनु पर्ने माग गरेका छन्।

शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सोकाम सरकारको भएको शहीद परिवारका सदस्य राजु महतोको भनाइ छ। असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता शहीद परिवारलाई छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...