News Portal

जनयुद्धका शहीद परिवारले घेरे मधेशको गृह, सञ्चार मन्त्रालय

हिमालीसंचार संवाददाता
३३८ पटक

जनकपुरधाम। जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन्। सरकारको मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै उनीहरुले मन्त्रालय घराउ गरेका हुन्।

मधेशका विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउन माग गरेका छन्।

मधेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तामा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो। प्रतिष्ठानले तीन वर्षसम्म एक एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन्।

सरकारले गत फाल्गुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ। तर शहीद परिवारले गतवर्ष जस्तै प्रमाणपत्रको आधार पाउनु पर्ने माग गरेका छन्।

शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सोकाम सरकारको भएको शहीद परिवारका सदस्य राजु महतोको भनाइ छ। असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता शहीद परिवारलाई छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...