News Portal

  • नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त अमेरिका र भारत पुगे

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।

    प्रहरी स्रोतका अनुसार अशोक पोखरेलसहित अर्का एक फरार अभियुक्त अमेरिकामा छन् । उनीहरूविरुद्ध प्रहरीमा जाहेरी परेपछि अमेरिका पुगेका पाइएको हो । यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा भारतमा रहेको प्रहरीसमक्ष सूचना आएको छ ।

    ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकामध्ये अशोक पोखरेलसहित केही अभियुक्त अमेरिकामा र प्रतीक थापा भारतमा रहेको सूचना छ, केही अभियुक्त स्वदेशमै रहेको पनि बुझिएको छ, खोजी गर्दै छौं,’ प्रहरी स्रोतले भन्यो ।

    प्रहरीको फरार सूचीमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजीतका छोरा निरज राईसहित केशव तुलाधार, अशोक पोखरेल, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनितासावदेन लिम्बु, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले फरार सूचीमा रहेका अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए ।

    त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी डा। मनोज केसीले पनि प्रहरीले आफ्नो संयन्त्रमार्फत देश तथा विदेशमा रहेका अभियुक्तहरूको खोजी गरिरहेको बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको थियो ।

    प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि पक्राउ परेकाहरूको बयान सकाएर थुनछेक बहस जारी छ । उनीहरूबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ असुलउपर गर्न माग गरिएको छ । राजधानी दैनिकले लेखेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...