News Portal

मोरङको रंगेलीमा गृह श्रमिक सृजनशिल महिला समाज नेपालद्वारा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२५६ पटक

रबिन्द्र बराल/मोरङ – “संस्थागत विकास र दिगोपन” भन्ने मुल नाराका साथ मोरङको रंगेली नगरपालिकामा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

गृह श्रमिक सृजनशिल महिला समाज नेपालले मुख्य बजारमा रहेको मनोज मार्केटमा रहेको भवनमा आयोजित कार्यक्रममा  प्रमुख अथिति मोरङको क्षेत्र नम्बर ५ का सभासद योगेन्द्र मण्डल, बिशिष्ठ अतिथि उपमेयर भुमा पराजुली, महिला गृह श्रमिक सृजनशिल महिला समाज नेपालका अध्यक्ष शान्ता श्रेष्ठ, प्रशिक्षक, मन्जीता उपाध्याय, लक्ष्मिकुमारी राया, कविता न्यौपाने, सचिव गीता पासवान, कमला न्यौपाने, कमला पन्त, ज्योती शाक्य सदस्यीय ममता पासवान, राधिकादेवी साह, आसो देवी माझी, सविता ठाकुर, पुनमकुमार मण्डल, गीता पासवान लगायत ३५ जनाको सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो र प्रमाणपत्र समेत वितरण समेत गरिएको थियो । अतिथिहरुले महिलाहरुका लागि यस्तो कार्यक्रमले आत्मा बल बढाउन सहज हुने र घरमा मात्रै  सिमित  रहेका महिलाहरु, गृह श्रमिक सृजनशिल महिला समाजले यस्ता कार्यक्रमले सहज हुने बताए । 

आयोजित कार्यक्रमका सहयोगी संस्था गृह श्रमिक सृजनशिल महिला समाज नेपाल र टेवा नेपालले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेको थियो 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...