News Portal

मोरङको रंगेली नगरपालिका दोहमना बजारको पशु बजार उद्धाटन

हिमालीसंचार संवाददाता
२३३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको दक्षिणपूर्वी सवैभन्दा ठुलो पशु बजारका रुपमा चिनिदै आएको दोहमना बजार सुविधा सम्पन्न भवन उद्धाटन गरिएको छ।

मोरङको रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको  उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर बेदुराम भुषालले उद्घाटन गरेका थिए ।  

आयोजित कार्यक्रमको अबसरमा बोल्दै मन्त्री भुषालले देशभरका १ सय६१ वटा गाउँपालिका तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको बताए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।  

बजारमा बिक्रिवितरण गर्नका लागि ल्याइने पशुपंक्षी स्वास्थ्य भए नभएको भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक संरचना निर्माण गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने समेत बताए । 

रंगेलीमा कृषि बजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेट समेत विनियोजन गरिएकाले स्थानीयवासी भाग्यमानी रहेको बताए । सो अबसरमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले दोहमनाको पशुपंक्षी बजार नगरपालिकाको प्रस्तावमा निर्माण भएको जानकारी दिए ।  रंगेली बजारस्थित कृषि बजार निर्माणका लागि पनि मन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

आगामी आर्थिक वर्षमा कृषि बजारका लागि बजेट विनियोजन भइसकेकाले चाडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरे ।  आयोजित कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार प्रसाद  न्यौपाने, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डाक्टर उमेश दाहाल, विभिन्न वडा अध्यक्ष, सदस्य, बुद्धिजीवी, समाजसेवि, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

रंगेली नगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...