News Portal

मोरङमा वित्तिय साक्षरता सम्बन्धि सचेतनाका लागि शान्तिपूर्ण ऱ्याली

हिमालीसंचार संवाददाता
२४८ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेली नगरपालिका-१ स्थित बबियाबिर्तामा वित्तीय साक्षरता सम्बन्धी एक दिने सचेतनाका लागि शान्तिपुर्ण ऱ्यालीको आयोजना गरिएको छ ।

लघुवित्त संरक्षण तथा प्रबर्द्धन समिति रंगेली नगरपालिका मोरङद्वारा आयोजित कार्यक्रममा सखरदिना प्रहरी चौकीदेखि  बबियाबिर्ता हटिया चोकसम्म पुगेर ऱ्याली  कोण सभाम परिणत भएको थियो । 

आयोजित कार्यक्रमकको कोण सभामा लघुबित्त के हो? यसको महत्व को विषयमा र अहिलेको अवस्थामा ययको आवश्यकता कस्तो छ? भन्ने बिषयमा जनसमुदायमा प्रष्ट पार्नको लागि शान्तिपूर्ण ऱ्यालीको आयोजना गरिएको जीवन विकासका कर्सिया शाखा प्रवन्धक गायत्री पोख्रेलले स्पष्ट पारिन् । उनले बैकको पैसा जनताको हो, कर्जा तिरे घट्छ नतिरेमा बढ्छ, भ्रम फैलाउनेलाई कारबाही गर, उधमशिलता विकास अहिलेको निकास हो । 

संस्थाले “योजना बनाई खर्च गरौ, लघुबित्त हाम्रो सहारा हो” जस्ता नारा सहितको प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए। कार्यक्रममा जीवन विकासमा आबद्ध कर्सिया, रंगेली, रामचोक, अमाही, बबियाबिर्ता तथा बाहुनी शाखाका सदस्य सरोकार वाला, बुद्दिजिवी तथा सहयोगी युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो। 

आयोजित कार्यक्रम कोणसभामा उपस्थित सदस्यहरुले “लघुबित्त चाहिन्छ, लघुबित्त हाम्रो घर हो, साहु महाजनको ज्यादती बन्द गर, मिटरब्याजीलाई कारबाही गर” भन्ने नारा सहितको आफ्नो धारणा समेत राखेका थिए।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...