News Portal

राजवंशी समुदायद्वारा निर्मित “सान्दुस मोतिलाल” कथानक चलचित्रको उद्धाटन

हिमालीसंचार संवाददाता
३९८ पटक

रबिन्द्र बराल/मोरङ – राजवंशी समाज विकास समिति मोरङद्वारा सिरुवा मिडिया हाउसेर पहिला सान्दुस मोतीलाल फिलिमको विधिवत रुपमा उद्घाटन गरेको छ।

सुनवर्षी नगरपालिका- २ भालाई स्थित सामुदायिक भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे फिलिमको शुभारम्भ गरेको हो। कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व रक्षामन्त्री मेनेन्द्र रिजाल, विशिष्ठ अथिति विनोद कार्की, रतुवामाई नगरपालिका मेयर नागेश्वर प्रसाद सिह, राजवंशी समाजका  कोमल सिंह राजवंशी, शिव नारायण सिंह, बिकाश सिवाकोटी, कृष्ण वस्नेत केन्द्रीय महाअधिवेशन प्रतिनिधी केशव राजवंशी, महेश्वर राजवशी लगायत स्थानीय नेताहरुको सहभागी रहेको थियो।  

कार्यक्रममा प्रमुख अथितिले फिलिमको व्यानर पढेर उद्घाटन गरेका थिए । आयोजित कार्यक्रममा सहभागीहरुलाई विभिन्न गीतहरुमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए । 

प्रमुख अतिथिले भने राजवंशी समुदायले यसरी आफ्नो भाषामा फिलिम बनाएर राजवंशी समुदायलाई नै उच्च सम्मान गरेको र नेपाल सरकारले लोप हुन लागेको भाषालाई संरक्षण गर्नु पर्ने कुरामा समेत जोड दिएका थिए ।   

राजवंशी समुदायले यसरी आफ्नो भाषा, कलाले समग्र समाजलाई सकारात्मक दिशा तर्फ लैजान सहयोग समेत हुने रिजालले बताए । फिलिम मोरङ, झापा, सुनसरी लगायतका स्थानहरुमा छायांकन गरिएको छ । फिलिमको लेखन/निर्देशन मनोरथ राजवंशी, निर्मातालपुष्पलाल राजवंशी अगमसरी राजवंशी, गायक-गायिका मनोरथ राजवंशी, दिलकुमार राजवंशी, संगित बलराम राजवंशी, मुख्य कलाकारहरु: तारा, मनोरथ, पुनम, सन्दीप, प्रतिभा, धर्मलाल, रज्जु, चन्द्र राजवंशी, तुफान आलम बाल कलाकारहरुले फिलिम निर्माण गरेका हुन्।

उक्त फिलिमको १६ लाख रुपैयाँ बराबरको लागतमा निर्माण भएको मनोरथ राजवंशीले बताए । कार्यक्रममा प्रमुख अतिथि, तथा अथितिहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...