News Portal

खोटाङमा वडाध्यक्षले महिलामाथि गरे शारीरिक दुर्व्यवहार

६१६ पटक

खोटाङ : खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं – ८ का वडाध्यक्ष लिला चौहान  विरुद्ध स्थानीय  एक ३३ वर्षिया महिलाले आफुलाई पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गरेकी हुन् ।

चौहानले असोज १६ गते राती १० बजे आफु बस्दै आएको घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरी विना अंगालो हाल्दै जर्वजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छन् । उनले भनिन, “जर्वजस्ती प्रयासको प्रतिकार गर्दै म भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएँ । भोलिपल्ट उल्टै घट्नाको बारेमा कसैलाई भनिस भने राम्रो नहुने भन्दै चौहानले ज्यान मार्ने धम्किसमेत दिए ।

यस्तै, वडाअध्यक्ष चोहानले २०७४ साल पौष १८ गते पनि यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाई छ ।  चौहान विद्यालयको विषयमा कुरा गर्नु छ भन्दै साँझमा आएको र “डिउ” ल्याएको छु भन्दै गिलास मागेर रक्सी खान थाले । मैले राति भईसक्यो जानुस भन्दा वोल्ने काम छ भन्दै खाना पकाउँन लगाए,  र अनेक प्रसंगका गफ गर्न थाले ।

मैले खाना पकाएर खुवाई सकेपछि भाँडा सफा गर्दा चौहानले पछाडीबाट आएर अंगालो हालेको र चौहानले आफ्नो गाला मेरो गालमा दल्दै छातीलगायतका संवेदनशिल अंगहरु सुम्सुम्याउँन थालेपछि चौहानको पञ्जाबाट भागेर छिमेकी दिल बहादुरको घरमा गएर साहारा मागेर बँच्न सफल भएको पीडित महिलाले बताईन् । उनले भनिन, “संबेदनशील अंगहरुमा छोएर यौन दुर्व्यवहार गर्न खोजेपछि उम्कने प्रयास गर्दा निलडाम नै भएर म केही दिन विरामी नै भए ।

पौष महिनामा भएको उक्त घटना सार्वजनिक गरे वडाध्यक्षले ज्यान मार्ने धम्की दिएको वावजुत पनि गाउँलेलाई ति महिलाले आफुमाथी यौन दुर्व्यवहार भएको सुनाएपछि वडाध्यक्षले आगामी दिनमा त्यस्तो गलत कार्य नगर्ने भन्दै गाउँलेकोबीचमा घट्ना मिलाईएको समेत रहस्य खुलेको छ ।

एक पटकलाई माफी दिएकी उक्त महिलालाई आफु गाउँको राजा हुँ भन्दै त्यसपछि पनि चौहानले एकान्तमा भेट्दा अस्वभाविक व्यवहार देखाउने, एक्लै वाटोमा भेट्दा जहिल्यै गोप्य कुरा छ भनि बोलाउने गरेको, र यस्ता गोप्य कुरा कसैलाई गरे जागिरबाट निकालिदिने भन्दै चौहानले धम्क्याउँने गरेकोसमेत रहस्य वाहिर आएको छ  ।

पीडित महिलाले समाजमा एकपटक मिलेको घट्ना आफूले विर्सेको भएपनि पुनः जर्वजस्ती गर्न खोज्दै गिद्धे नजर आफुमा लगाएपछि असोज २२ गते जिल्ला अदालत खोटाङमा यौन दुर्व्यवहारविरुद्ध मुद्दा दर्ता गरिएको उनको भनाई छ ।

यौन दुर्व्यवहार गरेको अभियोगमा चौहान विरुद्ध जिल्ला अदालत खोटाङमा २०७५–सी–०००७ नम्बरमा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार लालकुमार कार्कीले बताए । पीडित महिलाको श्रीमान वैदेशिक रोजगारीमा र वालवच्चा मावलमा रहेकोले उनि घरमा एक्लै बस्तै आएकी थिईन ।

वडाध्यक्ष चौहानले आफुलाई यो विषयमा थाहा नभएको बताए । उनले भने, “मेरो नाताले काकी पर्नुहुन्छ, उहाँसंग भेट नभएको पनि नौ महिना जति भयो, मैले विद्यालयमा आलेप मलेप गर्ने विषय  र विद्यालयको भवन सार्ने विषयमा त्यहाँ कुरा गरेपछि उहाँलाई चित्त नबुझेर फसाउँने रणनीति गरिएको हुनसक्छ । हाम्राकुराबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...