News Portal

बिहान खाली पेटमा बिरे नुन पानी पिउदा हुन्छन् यस्ता फाईदा

हिमालीसंचार संवाददाता
६७० पटक

काठमाडौँ। यदी तपाई स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने हरेक दिन बिहान बिरे नुन मिसाएको पानी पिउन सुरु गर्नुहोस्।

यसले तपाईको ब्लड सुगर, ब्लड प्रेसर, उर्जामा सुधार, मोटोपन जस्ता विभिन्न किसिमका समस्याबाट छुटकारा दिने गर्दछ। बिरे नुनमा ८० प्रतिशत खनिज र जीवनका लागि चाहिने सबै आवश्यक प्राकृतिक तत्व पाइने गर्दछ।

पानी बनाउने विधि:
एक गिलास हल्का तातोपानीमा एक तिहाई बिरे नुन मिलाउनुहोस्। त्यसपछि यसलाई प्लास्टिकको ढंक्कनले ढाकिदिनुहोस्। त्यसपछि गिलासको नुन घोल्नका लागि ३४ घण्टाका लागि छोडिदिनुहोस्। त्यसपछि बिरे नुनको टुक्रा पानीमा घोलियोकी घोलिएन हेर्नुहोस्। त्यसपछि पनि फेरि बिरे नुन थोरै मिलाएर त्यो पानी पिउनुहोस्।

पाचन प्रणालीमा सुधार:
बिरे नुनको पानीले मुखमा आएको लारवाला ग्रन्थिलाई सक्रिय रहन मद्दत गर्दछ। राम्रो पाचनका लागि यो पहिलो कदम निकै जरुरी हुन्छ। पेटभित्र प्राकृतिक नुन, हाइड्रोक्लोरिक एसिड र प्रोटीन पचाउने इंजाइमलाई उत्तेजित गर्नमा सहयोग गर्दछ। यसले खाएको खानालाई आरामले पचाउन सहयोग गर्दछ।

तौल घटाउन मद्दत गर्छ:
कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ। शरीरमा पाचन प्रक्रिया ठीक हुन्छ भने खानामा भएको पोषक तत्व शरीरले राम्ररी लिन पाउछ। स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ। त्यसका लागि एक गिलास पानीमा एउटा कागती निचोरेर हाल्ने र स्वाद अनुसारको नुन मिसाउन सकिन्छ। गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन/चार पटक बिरे नुन खान सकिन्छ।

मधुमेहमा उपयोगी:
बिरे नुनमा सोडियम कम हुन्छ। यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ। यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ। मधुमेह सुरुवाती अवस्थामा छ भने त बिरे नुनको प्रयोगले ठीक पनि हुन सक्छ।

जोर्नी तथा मांसपेशी दुख्दा:
मांसपेशी र जोर्नी दुख्दा बिरे नुनले सेक्ने हो भने निको हुन्छ। कपडामा थोरै नुन बाँधेर यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने हो भने तत्काल राहत मिल्छ।

त्वचाको समस्या हटाउछ:
बिरे नुनमा पाइने क्रिमियमले सफा र कोमल त्वचा बनाउन सहयोग गर्दछ। यस बारेक बिरे नुनको पानी पिउदा छालाका विभिन्न समस्या हट्ने गर्दछन्।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...