News Portal

नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई दिए ब्रोकर लाइसेन्स

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं – नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई पहिलो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) अनुमति प्रमाण पत्र दिएको छ। पछिल्लो समय बोर्डले थप ब्रोकर लाइसेन्सका लागि आवेदन खुल्ला गरेकोमा आवेदन परेका कूल ४५ कम्पनीहरु मध्येबाट पहिलो चरण अन्तरगत ७ वटा कम्पनीलाई लाइसेन्स दिएको हो।

हिजो सोमबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डका अनुसार ४५ आवेदन मध्ये ८ वटा कम्पनीले प्रक्रिया पुर्याएर लाइसेन्सका लागि अन्तिम स्वीकृति माग गरेका थिए । जसमध्ये ७ वटा कम्पनीलाई पहिलो चरणमा लाइसेन्स प्राप्त गरेको बोर्डले जनाएको छ ।

अनुमति प्रमाणपत्र पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...