News Portal

नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई दिए ब्रोकर लाइसेन्स

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं – नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई पहिलो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) अनुमति प्रमाण पत्र दिएको छ। पछिल्लो समय बोर्डले थप ब्रोकर लाइसेन्सका लागि आवेदन खुल्ला गरेकोमा आवेदन परेका कूल ४५ कम्पनीहरु मध्येबाट पहिलो चरण अन्तरगत ७ वटा कम्पनीलाई लाइसेन्स दिएको हो।

हिजो सोमबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डका अनुसार ४५ आवेदन मध्ये ८ वटा कम्पनीले प्रक्रिया पुर्याएर लाइसेन्सका लागि अन्तिम स्वीकृति माग गरेका थिए । जसमध्ये ७ वटा कम्पनीलाई पहिलो चरणमा लाइसेन्स प्राप्त गरेको बोर्डले जनाएको छ ।

अनुमति प्रमाणपत्र पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् । 

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...