News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन

दिलबहादुर छत्याल
३३१ पटक

धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। धनगढीमा आयोजना गरिएको अभिनन्दन समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जन बढी नागरिक र सामाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए।

नागरिक अभिनन्दन समारोहमा पूर्व युवराज्ञी हिमानी शाह र पुर्वराजाका नातिनीहरूको उपस्थिति रहेको थियो। नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्व राजा शाहले आँखा रसाउने गरी देशको दारुण अवस्था भएको उल्लेख गर्दै नेपाली माटोलाई सम्झेर सोच बदल्ने बेला आएको बताए।

‘कुन राष्ट्रिय दृष्टिकोण, प्रणाली र पद्धति अँगाल्ने भनेर मन भित्रै बाट सोच्ने बेला आएको छ’ उनले भने। आफ्नो भूभाग र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम र पसिना बगाउन पठाएर हाम्रो गौरव र इज्जत लोप भएको शाहले बताए।

देश भित्र बसौँ, देशमै पसिना बगाऔँ र आफ्नै पौरखले देश सपारौँ भन्ने भावना हराउँदै गएको उल्लेख गर्दै नयाँ नेपाल र अग्रगामी भनेको यही हो भनेर उनले प्रश्न गरे।

‘वीर, परिश्रमी र स्वाभिमानी नेपाल हाम्रो वीरता, श्रम , स्वाभिमान र सीप खोसिएको त हैन’ उनले भने ‘यस्तो दारुण दृश्य देखिँदा सबैको आँखा रसाउँछ।’ देश भन्दा ठुलो केही हुँदैन भन्दै देशको सपना पूरा गर्न जनतालाई नै जिम्मा दिनुपर्ने बताए।

पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वको नागरिक अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र आइतबार नेपालगन्ज हुँदै धनगढी आएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...