News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन

दिलबहादुर छत्याल
३५९ पटक

धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। धनगढीमा आयोजना गरिएको अभिनन्दन समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जन बढी नागरिक र सामाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए।

नागरिक अभिनन्दन समारोहमा पूर्व युवराज्ञी हिमानी शाह र पुर्वराजाका नातिनीहरूको उपस्थिति रहेको थियो। नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्व राजा शाहले आँखा रसाउने गरी देशको दारुण अवस्था भएको उल्लेख गर्दै नेपाली माटोलाई सम्झेर सोच बदल्ने बेला आएको बताए।

‘कुन राष्ट्रिय दृष्टिकोण, प्रणाली र पद्धति अँगाल्ने भनेर मन भित्रै बाट सोच्ने बेला आएको छ’ उनले भने। आफ्नो भूभाग र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम र पसिना बगाउन पठाएर हाम्रो गौरव र इज्जत लोप भएको शाहले बताए।

देश भित्र बसौँ, देशमै पसिना बगाऔँ र आफ्नै पौरखले देश सपारौँ भन्ने भावना हराउँदै गएको उल्लेख गर्दै नयाँ नेपाल र अग्रगामी भनेको यही हो भनेर उनले प्रश्न गरे।

‘वीर, परिश्रमी र स्वाभिमानी नेपाल हाम्रो वीरता, श्रम , स्वाभिमान र सीप खोसिएको त हैन’ उनले भने ‘यस्तो दारुण दृश्य देखिँदा सबैको आँखा रसाउँछ।’ देश भन्दा ठुलो केही हुँदैन भन्दै देशको सपना पूरा गर्न जनतालाई नै जिम्मा दिनुपर्ने बताए।

पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वको नागरिक अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र आइतबार नेपालगन्ज हुँदै धनगढी आएका थिए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...